FAQ प्रश्न उत्तर(in Nepali)

FAQ प्रश्न उत्तर

सामान्य प्रश्न

प्रश्न –यदि म बिरामी पनि होइन नत कुनै चीजको अम्मली हुँ अर्थात् म स्वस्थ छु तब म सिद्धयोगद्वारा कसरी लाभान्वित हुन्छु?

उत्तर –तपाइँले आफ्नो आध्यात्मिक यात्रामा छिटो प्रगति गर्नु हुनेछ, जसको लक्षण भौतिक जीवनमा तपाइँलाई देखा पर्न थाल्नेछ । गुरुदेवले मानवताको जुन रूपान्तरणको कुरा गर्नुहुन्छ त्यो घटित हुन थाल्छ । जसले मानवको विकासलाई उसको उच्चतम विन्दु सम्म लिएर जान्छ । गुरुदेवले जीवित हुँदै जुन मोक्षलाई पाउने कुरा गर्नुहुन्छ, त्यस मार्गमा तीव्र प्रगति महसुस हुन थाल्नेछ ।


 प्रश्न – गुरु सियागको सिद्धयोगमा मलाइ कसरी थाहाहुन्छ कि मेरो कुण्डलिनी जागृत भइसकेको छ?

उत्तर –यो तपाइँले स्वयम् महसुस गर्न थाल्नुहुन्छ ।स्वतः हुने यौगिक क्रिया, दृश्य देखिनु, बिमारी ठीक हुनु, व्यक्तित्वमा धनात्मक परिवर्तन इत्यादि केही लक्षण हुन जसबाट थाहा हुन्छ कि कुण्डलिनी जागिसकेको छ। जे होओस् कुण्डलिनी जाग्ने चिन्ता पनि गुरुदेवमा छोडी दिनुहोस् । तपाइँ गुरुदेवको ध्यान गर्नुहुन्छतर तपाइँ माथि कृपा नहोस्? यो कसरी सम्भव छ?यो यस्तो कुरा भयो कि दालमा नुन हालौं र नुनको स्वाद नआओस् ।


 प्रश्न – सिद्धयोग गर्नको लागि रहन-सहनको कस्तो तरिका वा दिनचर्या अपनाउनु पर्छ?

उत्तर –तपाइँले आफ्नो वर्तमानमा रहिरहेको तरिका वा दिनचर्यामा कुनै परिवर्तन गर्नु पर्दैन तथा न त कुनै नयाँ तरिका अपनाउनु पर्छ । जुन कुरा तपाइँले ध्यान आरम्भ गर्नु भन्दा पहिले गरिरहनु भएको थियो त्यसैलाई जारी राख्नुहोस् ।


 प्रश्न – यस योगमा के मैले कुनै प्रकारको कसरत गर्नु पर्छ?

उत्तर –पर्दैन, तपाइँले कुनै प्रकारको कसरत गर्नु पर्दैन । त्यो क्रिया जुन तपाइँको शरीरलाई आवश्यक छ, त्यो ध्यानको दौडान कुण्डलिनी जागरणद्वारा स्वतः हुन्छ ।


 प्रश्न – गुरु सियाग सिद्धयोग(जी.एस.वाई.) को लागी के योगको कुनै पूर्व ज्ञान वा वेदको जानकारी आवश्यक छ?

उत्तर –छैन, आवश्यकता छ त केवल इच्छा शक्तिको । जस्तै सूर्य, बादल, हावा, पानी आदिले अनपढ तथा वैज्ञानिक दुबैलाई समान लाभ दिन्छ, कुनै पनि प्रकारको भेदभाव गर्दैन, त्यस्तै प्रकारले गुरु सियाग सिद्धयोगले पनि कुनै प्रकारको पूर्व सर्त राख्दैन ।


 प्रश्न – के मैले कसैलाई गुरु सियाग सिद्धयोगको सिफारिस गर्न सक्छु? के यो कपिराइट (प्रतिलिपि अधिकार) छ?

उत्तर –कुनै कपिराइट छैन, तपाइँले कसैलाई पनि गुरु सियागको बारेमा भन्न सक्नुहुन्छ । यस ज्ञानको बारेमा तपाइँले जति धेरै मान्छेलाई भन्नुहुन्छ त्यति नै राम्रो हो । गुरुदेवको प्रचार गर्नको लागि तपाइँले कसैसँग आज्ञा लिनु पर्ने जरुरत छैन । तपाइँले सारा संसारमा आफ्नो खर्च र व्यवस्थाको आधारमा कहीँ पनि प्रचार-प्रसार गर्न स्वतन्त्र हुनुहुन्छ । गुरुदेवले यो ज्ञान निःशुल्क बाँड्नु हुन्छ, तपाइँले पनि यसलाई निःशुल्क नै बाँड्नु पर्छ ।


 प्रश्न – दीक्षा कार्यक्रम कुन भाषामा सम्पन्न हुन्छ?

उत्तर –दीक्षा कार्यक्रम पूर्ण रूपमा हिन्दी भाषामा हुन्छ तर पनि विदेशी नागरिकको लागि जसलाई अनुवादको आवश्यकता छ, व्यवस्था गरिन्छ ।


प्रश्न – मैले गुरुदेवको यस कृपाको बदलामा के गर्न सक्छु? वा मैले यस मिशनमा कसरी योगदान दिन सक्छु?

उत्तर –यो पूर्णतः तपाइँको श्रद्धामा निर्भर छ । गुरुदेवको यस मिशनमा योगदान दिने धेरै तरिका छन् । गुरुदेवले भन्नुहुन्छ कि नियमित ध्यान तथा नाम-जप गर र आफ्नो अनुभव अरूलाई भन । यस ज्ञानलाई धेरै भन्दा धेरै मान्छेलाई देश-विदेशमा भन्ने प्रयास तथा इच्छा राख्नुहोस् ।

तपाइँले श्रद्धा अनुसार :-

  • चिने-जानेका आफ्ना इष्ट मित्र, भेटेका वा भेटिएका साथी-भाइ वा कुनै व्यक्तिसँग गुरुदेव तथा ध्यानको बारेमा चर्चा गर्न सक्नुहुन्छ।
  • पम्पलेट छपाएर आफ्नो क्षेत्रमा बाँड्न सक्नुहुन्छ ।
  • अफिस, पसल, वा व्यापारिक सम्पर्कमा आउने व्यक्तिलाई गुरुदेवको बारेमा भन्न सक्नुहुन्छ ।
  • पत्रिकामा पम्पलेट राख्न लगाएर बाँड्न सक्नुहुन्छ ।
  • बिहान बेलुका वा बिदाको दिनमा पार्क, मन्दिर वा सार्वजनिक स्थानमा गएर प्रचार-प्रसार गर्न सक्नुहुन्छ ।
  • स्कूल, कलेज आदिमा, सम्बन्धित निकायबाट अनुमति लिएर प्रचार-प्रसार गर्न सक्नुहुन्छ ।
  • कल-कारखाना आदिमा,सम्बन्धित निकायबाट अनुमति लिएर सिद्धयोगको कार्यक्रम गर्नु सक्नुहुन्छ ।
  • विभिन्न संस्थाको नोटिस बोर्डमा गुरुदेवको पम्पलेट लगाउन सक्नुहुन्छ ।
  • चिनजानको आधारमा पत्रिका, टि.भी. वा अन्य मिडियामा गुरुदेवको बारेमा समाचार निकाल्न सक्नुहुन्छ ।
  • लोकल केबलसँग सम्पर्क गरेर स्ट्रिप देखाउन सकिन्छ ।
  • लोकल केबलमा बिहीवारको दिनमा सि.डि. देखाउन सकिन्छ ।
  • तपाइँ बसेको स्थानमा के-कसरी, जे-जसरी, जुन कुरा-काम तपाइँले गर्न सक्नुहुन्छ ती सबै तरिकाले तपाइँले गुरुदेवको यस मिशन गुरु सियाग सिद्धयोगलाई जन-मानसमा मानव मात्रको कल्यानार्थ जसरी सक्नुहुन्छ त्यसै गरि प्रचार-प्रसार गर्न तपाइँ स्वतन्त्र हुनुहुन्छ ।

प्रश्न – मैले केही वर्ष देखि गुरु सियागको नियमित ध्यान तथा नाम-जप गरिरहेको छु, फेरि पनि वाञ्छित परिणाम आइरहेको छैन, दुःख- कष्ट कम भइरहेको छैन । बुझ्न सकिरहेको छैन गल्ती कहाँ भइरहेको छ? जबकी मैलै गुरुदेवको साधनाको बाहेक केही पनि मान्दिन ।

उत्तर –जस्तै – दूधमा चिनी हाल्दै जाऊँ तर पनि दूध गुलियो भएन भने, यो कसरी सम्भव छ? यसको मतलब हो चिनी, जसलाई हामी चिनी भनिरहेको छौं त्यो चिनी नै होइन। यस्तै प्रकारले के हामीले यो सोच्छौं वा भन्न चाहन्छौं कियो ध्यान तथा नाम-जप सही छैन वा हामीले मनबाट गर्छौं तर परिणाम आउँदैन । सत्यता त यो हो कि तपाइँको भौतिक जीवनमा हुने फाइदा यति सहज रूपमा हुन्छ कि तपाइँलाई अन्दाज नै हुँदैन कि गुरुदेवको शक्तिले कति सहज रूपमा कार्य गरिरहेको छ । बिरुवा वा बच्चा कति छिटो बढ्छन् थाहै हुँदैन तर हरेक पल ठूला भइरहेका हुन्छन् । यस्तै प्रकारले हरेक ध्यान तथा नाम-जपबाट आउने परिवर्तन तपाइँलाई थाहा हुँदैन ।

कुनै अर्को कारण पनि हुन सक्छ जसलाई तपाइँले स्वयम् खोज्नु पर्ने हुन्छ । यसलाई तपाइँले एउटा उदाहरणबाट बुझ्न सक्नु हुन्छ – दुईवटा व्यक्तिले एक साँझ डुङ्गाबाट कुनै अर्को ठाउँ जाने योजना बनाए । लिएर जाने सामानको तयारीको साथ उनीहरूले खाँबोमा बाँधेको डुङ्गाको डोरी खोलेर बहना चलाउन थाले र रातिभरि चलाए । बिहान भएपछि उज्यालोमा हेर्दा डुङ्गा त जहाँ को त्यहीँ छ जबकी डोरी सबै खोलेका थिए ।कारण खोज्दा पत्ता लाग्यो किडुङ्गाको पिँधमा बाँधेको एउटा सिक्री खोल्न भुलेका रहेछन्, रातभरि मेहनत गरे पनि परिणाम मिलेन ।

यसरी जब साधकले भन्छन् कि हामीले गुरुदेवको ध्यान तथा नाम-जप बाहेक केही गर्दैनौं फेरी पनि कुनै फाइदा भइरहेको छैन तब हामीले स्वयम् मनन गरेर आफ्नो भित्र बाँधिएको त्यो सिक्री खोज्नु छ कि हामी भित्रबाट कुनै पुरानो परिपाटी वा आडम्बर वा कर्मकाण्डसँग बाँधिएका होऔं र अगाडि बढ्न नसकिरहेको होऔं । बाहिरबाट आडम्बर वा कर्मकाण्डबाट मुक्ति पाएको देखावट र भित्रबाट आडम्बर वा कर्मकाण्डबाट मुक्ति पाउनुमा धेरै अन्तर छ ।

यो बाहेक त्यो सिक्री अनेक रूपमा धेरै सूक्ष्म रूपमा तपाइँलाई बाँधि राखेको हुनसक्छ । जस्तै तपाइँले योगको अर्को विधि पनि अपनाई रहनुभएकोहोला, गुरु सियागको साथ साथै अन्य गुरु पनि बनाउनु भएको होला, तपाइँ कुनै तान्त्रिक, जोगी वा पण्डित कहाँ उपचारको लागि जानुहुन्छ होला, अर्को गुरुको मन्त्र वा कुनै पनि अन्य पूजा पनि गरिरहनु भएको होला, कुनै धागो, जन्तर, रक्षासूत्र, रत्न लगाउनु भएको होला, कुनै व्रत, उपवास, पाठ गर्नुहुन्छ होला, गुरुदेवको प्रसाद बाहेक हरेक प्रकारको हरेक ठाउँको प्रसाद ग्रहण गर्नुहुन्छ होला । यो तपाइँले खोज्ने हो कि गुरुदेव प्रति समर्पणमा कमी कहाँ छ? तपाइँ स्वयम्‌ले परीक्षण गर्नुहोस् कि तपाइँले के गरिरहनु भएको छ । वाञ्छित परिणाम अवश्य पाउनुहुने छ ।


 प्रश्न – मेरो मित्रले नियमित रूपमा गुरुदेवको ध्यान गर्छ, उस माथि कसैले केही तन्त्र-मन्त्र गरि दिएका छन् जसले उसलाई सताइरहेको छ । ध्यान तथा नाम-जप बाहेक उसले अरू कुन कुरामा ध्यान राखेमा उसले त्यो दुःखबाट छिटो भन्दा छिटो मुक्ति पाउन सक्छ?

उत्तर –तपाइँले एउटा कुरामाध्यान राख्नुस् कि जुन दिन देखि तपाइँले गुरुदेवको ध्यान एवं नाम-जप आरम्भ गर्नुहुन्छ त्यसै दिन देखि तपाइँलाई कसैको पनि तान्त्रिक क्रियाले दुःख दिन सक्दैन । कसैले केही गरेपनि तपाइँलाई असर गर्ने छैन । कुनै वायु छ भने पनि छोडेर जान्छ । भूत-प्रेतको असर पनि हुँदैन । यदि तपाइँ तिनीहरूबाट पीडित हुनुहुन्छ भने यति अवश्य ध्यान राख्नुहोला कि :-

  • शरीरमा कुनै जन्तर, धागो, रक्षा बन्धन, रत्न आदि छ भने त्यसलाई शरीरबाट हटाइदिनुहोला ।
  • कुनै पनि पण्डित, ज्योतिषी, तान्त्रिक, जोगी, व्रत, उपवास आदिको चक्करमा नपर्नुहोला ।
  • घरमा कसैले दिएको भस्म, विभूति वा अन्य केही छ भने त्यसलाई हटाइदिनुहोला ।
  • पीडित व्यक्तिको सामुन्ने गुरुदेवको फोटो राखिदिनुहोला ।
  • बाहिरी वा अनजान व्यक्तिसँग कुनै पनि प्रकारको प्रसाद ग्रहण नगर्नुहोला । खाने-पिउने वस्तुको माध्यमबाट बाहिरी शक्तिद्वारा नोक्सान पुर्याउने सम्भावना धेरै हुन्छ ।

प्रश्न – म ध्यान गर्न बस्छु तर मलाइ लाग्छ कि मेरो ध्यान लागिरहेको छैन, कुनै हलचल पनि हुँदैन तब के मेरो साधना सही चलिरहेको छैन? वा मैले कुनै गल्ती गरिरहेको छु?

उत्तर –यदि तपाइँले नियमित ध्यान एवं नाम-जप गर्नुहुन्छ भने तपाइँले ध्यान लाग्ने वा नलाग्ने बारेमा  चिन्ता गर्नु पर्दैन । केवल शारीरिक हलचल (यौगिक क्रिया) हुनु नै ध्यान लाग्नु को निशानी होइन । यौगिक क्रिया शरीरको आवश्यकता अनुसार हुन्छ । भौतिक जीवनमा देखिने लाभ पनि ध्यान र नाम-जपको परिणाम हो । कति साधकले सोच्छन् कि उनीहरूलाई कुनै यौगिक क्रिया भइरहेको छैन, त के ध्यान लागिरहेको छैन? गुरुदेवले भन्नुहुन्छ कि केवल यौगिक क्रिया हुनु नै ध्यान लाग्नुको सङ्केत होइन । यदि तपाइँले नियमित ध्यान तथा मन्त्र जप गरिरहनु भएको छ भने यो नै धेरै हो ।बाँकी मातृशक्तिको हातमा छोडिदिनुस् । गुरु सियाग सिद्धयोगको साधकले जब केही समय सम्म नियमित रूपले ध्यान गर्छ तब उसले प्रत्यक्ष धनात्मक परिवर्तन पाउँछ । लामो समय सम्म चल्ने कष्ट तथा बिमारीको प्रभाव सुस्त-सुस्त कम हुन आरम्भ भइ हाल्छ र स्थिति यहाँ सम्म आउँछ कि उसले यो अनुभव गर्न थाल्छ कि जुन दुःख तथा कष्टले वर्षौं देखि सताइ रहेको थियो त्यसबाट उ पूर्ण रूपले मुक्त भएको छ । यस्तै प्रकारले जुन व्यक्ति नशा वा रक्सीको अम्मली छन् अथवा विभिन्न प्रकारको मानसिक समस्या जस्तै स्किजोफ्रेनिया, भय, तनाव, अनिद्रा आदिबाट पीडित छन्, भने मुक्त हुन्छन् । जो स्वस्थ छन् उनीहरू आध्यात्मिक मार्गमा तीव्रताको साथ प्रगति गर्छन् र आफ्नो बारेमा सत्यताको ज्ञान हुन्छ कि उनीहरू पृथ्वीमा हुनुको उद्देश्य केहो? तथा ईश्वरको प्रत्यक्ष अनुभूति कसरी गर्न सकिन्छ?गुरु सियाग प्रति पूर्ण निष्ठा एवं समर्पण, सिद्धयोगबाट वाञ्छित परिणाम प्राप्त गर्ने साँचो हो ।


प्रश्न – सबै कुरा राम्रो हुँदा हुँदै पनि मन अचानक विचलित हुन लाग्छ वा दिक्दारीले घेर्छ? यस्तो किन हुन्छ?

उत्तर –जब ध्यान तथा नाम-जपबाट साधना अगाडि बढ्छ तब चेतनाको स्तर बढ्न थाल्छ । आत्माको स्वरूप चिनिन थाल्छ । आफ्नो यस जन्मको लक्ष्य बुझ्न थालिन्छ । दुनियाँको भौतिकताबाट मन विरक्त हुन थाल्छ, यसैले कति पटक केही पनि राम्रो लाग्दैन तर वरिपरिको वातावरणले फेरी त्यही भौतिकतामा लैजान चाहन्छ ।जुन मित्र वा पारिवारिक सदस्य ध्यान तथा नाम-जप गरिरहेका हुँदैनन् उनीहरूले फेरी भौतिकतामा तान्ने प्रयास गर्छन् । के गर्ने के नगर्नेबीच मानसिक द्वन्द्व चल्न थाल्छ । यस्तो समयमा विचलित हुनु हुँदैन र ध्यान तथा नाम-जपलाई तीव्र गरि दिनुपर्छ । कसैसँग पनि गुरु चर्चाआरम्भ गरि दिनुपर्छवा कुनै नयाँ व्यक्तिलाई गुरुदेवको दर्शनको बारेमा भन्नु पर्छ । केही समय पछि आफैआफ सबै सामान्य हुनेछ ।

यस्तो, साधनाको आरम्भमा कैयौँ पटक हुन्छ फेरी यस्तो विचलन हुने आवृत्ति सुस्त-सुस्त घट्दै जान्छ । यस्तो स्थिति लगभग हरेक साधकलाई कहिले न कहिले आउँछ तर कत्तिपनि चिन्ता नलिनुहोला । गुरुदेवको कृपाले यस्तो स्थितिबाट बाहिर निक्ले पछि हरेक पटक तपाइँ नयाँ चेतनाको स्तर तर्फ अगाडि बढ्नुहुनेछ ।

तपाइँले एउटा कुरा ध्यान राख्नुस् कि यदि तपाइँ कुनै चिन्ताको कारणले दुखी हुनुहुन्छ भने त्यस बेलातपाइँले मन लगाएर नाम-जप गर्नुहोला, किनकी कुनै पनि दुःख वा चिन्ताको बारेमा सोचेर त्यो कष्ट कम हुँदैन तर नियमित नाम-जप गर्नाले या त दुःख आउँदै आउँदैन या आउने दुःख आउन कम हुन्छ।


प्रश्न – जहिलेबाट ध्यान सुरु गरेँ यस्तो लाग्छ कि दुःख-कष्ट बढ्न लागेको छ । कहिले काहीँ यस्तो पनि लाग्छ कि अचानक बिना कारण नोक्सान भइरहेको छ । यस्तो किन?

उत्तर –सबभन्दा पहिलो कुरा त हुनसक्छ कि गुरुदेवले तपाइँको धैर्यको परीक्षा लिइरहनु भएको होला कि तपाइँ कुन स्तर सम्म गुरुदेवमा भरोसा राख्दै कुनै सिकायत गर्नुहुन्न ।

अर्को कुरा, दुःख बढ्ने त प्रश्नै उठ्दैन, तपाइँलाई खालि यस्तो लाग्छ । यसको पहिलो कारण हुनसक्छ कि तपाइँले पुरा मनले ध्यान वा सघन नाम-जप गर्न न सकिरहनु भएको होला यसैले दुःख-कष्ट घटेको प्रतीत हुँदैन ।

तेस्रो कारण, गुरुदेवले भन्नुहुन्छ –  जे पनि हुन्छ यसै जन्ममा हुन्छ, यसै जन्ममा जिउँदै मोक्ष हुनेछ अर्थात् पछिल्लो जन्मको पाप-पुण्यको हिसाब यसै जन्ममा हुनेछ । तपाइँले अर्को जन्म लिनु पर्ने छैन । गुरुदेवले जब तपाइँलाई आफ्नो शरणमा लिनु हुन्छ तब तपाइद्वारा पछिल्लो जन्ममा जानी नजानी गरिएका गलत कर्मको सजाय पनि आंशिक रूपमा (जस्तै – पछिल्लो जन्मको 100 गल्तीको सजाय, यस जन्ममा 5 गल्तीको सजाय बराबर) यसै जन्ममा काटी दिनुहुन्छ । गल्ती गर्नु भएको छ भने सजाय त भोग्नु पर्छ तर गुरुदेवको कृपाले पछिल्लो जन्मको ठूलो गल्तीको सजाय यस जन्ममा सानो रूपमा भोगाएर तपाइँलाई मुक्ति तिर लिएर जान्छ । जस्तै – मान्नुहोस् कि पछिल्लो जन्ममा कुनै यस्तो गल्ती गरिएको थियो जसको सजायको रूपमा यस जन्ममा हात भाँचिनु लेखिएको थियो । कुनै दिन अचानक कुनै चीजसँग ठोकिएर कुइनामा चोट लाग्यो । अब तपाइँले सोच्नुहुन्छ कि अचानक यस्तोकिन भयो मैले त गुरुदेवको नियमित ध्यान तथा नाम-जप गर्छु, कुनै गलत पनि गर्दैन, फेरी यस्तो किन? तर गुरुदेवको कृपाले ठूलो गल्तीको सजाय सानो (हात भाँचिने ठाउँमा सानो चोट मात्र) मिल्यो तर भोग्नु त पर्छ ।

यसलाई तपाइँ एउटा उदाहरणबाट बुझ्न सक्नुहुन्छ कि यस जन्ममा यथा सम्भव राम्रो गर्दा गर्दै पनि दुःख-कष्ट वा सजाय किनपाएको प्रतीत हुन्छ?मानौं कि कुनै व्यक्तिले चरालाई मार्नको लागि तीर चलायो तर तीर छोडे पछि उसलाई कुनै कारणले आत्मज्ञान भयो र उसले दुनियाँलाई भन्न लाग्यो कि जीव हत्या गलत कार्य हो । मान्छेले उसको कुरा सुन्नेछन् तर जब केही बेर पछि त्यस व्यक्तिले छोडेको तीरले त्यो चरा मर्ने छ तब ती नै मान्छेले भन्नेछन् कि,एकातिर त तपाइँ ज्ञानको कुरा गरिरहनु भएको छ र यो तपाइद्वारा छोडिएको तीरले चरालाई मार्‍यो,तब त्योव्यक्तिले भन्नेछ कि त्यो तीर त मैले आत्मज्ञान हुनु भन्दा पहिले चलाएको थिएँ । यो गलत कार्य पूर्वमा अनजानमा गरिएको थियो ।

यस्तै प्रकारले हामी सबैले पनि पूर्व जन्ममा वा यस जन्ममा गुरुदेवसँग भेट्नु भन्दा पहिले जानी नजानी थुप्रै गलत कार्य गर्दै आएका छौं तर यस जन्ममा गुरुदेवको कृपाले आत्मज्ञान भएपछि पनि पहिले गरिएका गलत कार्यको सजाय आंशिक रूपमा त भोग्नु पर्छ । यसैले गल्तीको सजाय त मिल्छ तर गुरुदेवको कृपाले धेरै थोरै मिल्नेछ । नियमित ध्यान तथा नाम-जप गर्दा गर्दै पनि दुःख-कष्ट आइरहेका छन् भने पनि तपाइँ कत्ति पनि न आत्तिनु होला । बुझ्नुहोस् कि गुरुदेवले तपाइँलाई पूर्ण रूपले शरणमा लिनुभएको छ । जब तपाइँ गुरुदेवले भनेको मार्गमा हिँड्न थाल्नुहुन्छ तब नकारात्मक वृत्तिले तपाइँलाई सताउन थाल्नेछन् र साधनाको मार्गमाविचलित गर्न खोज्नेछन्,त्यसैले तपाइँले सोच्नु हुन्छ कि यस मार्गमा हिँड्नाले दुःख-कष्ट आइरहेको छ ।


प्रश्न – कति पटक बोलेको कुरा सत्य हुन्छ, अर्काको विचार बुझ्न थालिन्छ तर केही समय पछि सबै हराएको जस्तो लाग्छ, किन?

उत्तर –यस्तो, अलग-अलग चक्र चेतन हुनाले तथा उनीहरूसँग जोडिएका शक्ति चेतन हुनुका कारणले हुन्छ। तपाइँ यसमा अल्झिनु हुँदैन । हरेक चक्र चेतन हुनुको साथै तथा अगाडि बढ्नुको साथै सिद्धि आउने र जाने भइरहन्छ । तपाइँले कुनै चिन्ता नलिएर केवल नाम-जप र ध्यान गरि रहनुहोस् । यदि तपाइँले त्यो सिद्धिलाई अरूबाट प्रशंसा पाउनको लागि प्रचार गर्नुहुन्छ भने, यसले तपाइँको अगाडिको विकास अवरुद्ध गर्नेछ ।

मान्नुहोस् कि तपाइँ कुनै एउटा दौडमा भाग लिइरहनु भएको छ, दौडने क्रममा बाटोमा चाँदीको टुकडा देख्नु भयो भने त्यसलाई कुल्चेर अगाडि बढ्नुस् यदि लोभमा आउनुभयो भने अगाडिको यात्रा रोकिनेछ । अगाडि सुनको टुकडा भेटिनेछ, त्यो भन्दा अगाडि हिरा भेटिनेछ त्यसलाई पनि लोभ नगरेर अगाडि बढनुस्, अझै अगाडि हिराकोखानी नै भेटिनेछ । यसै प्रकारले गुरुदेवको ध्यानको यस मार्गमा तपाइँलाई चाँदी, सुन, हिराको रूपमा हरेक चक्रसँग सम्बन्धित सिद्धिहरू मिल्नेछ । अगाडि तपाइँलाई यति मिल्नेछ कि तपाइँले कल्पना पनि गर्न सक्नुहुन्न । तपाइँ त्यसमा अल्झिनु हुँदैन, यदि तपाइँले त्यसको दुरुपयोग गर्नु भयो वा आफ्नो शक्ति देखाउन सुरु गर्नु भयो भने अगाडिको आध्यात्मिक यात्रा तपाइँको लोभको कारणले रोकिन थाल्छ ।


प्रश्न – ध्यानबाट त परिवारमा शान्ति आउनु पर्छ । पुरै परिवारले ध्यान गर्दा पनि पारिवारिक क्लेश बढेको जस्तो लाग्छ, किन?

उत्तर –यदि सबै परिवारले ध्यान गरिरहेका छन् भने क्लेश भएपनि चिन्ता नलिनुहोला। यस्तो कैयौँ पटक चेतनामा अन्तर हुनाको कारणले हुन्छ । वर्तमानमा हामी एउटै परिवारको सदस्य भएपनि पूर्व जन्मको यात्रा सबैको अलग-अलग छ, यसैले यस जन्ममा साधना पछि चेतनाको अलग स्तरलाई लगभग एउटै स्तरमा आउन समय लाग्छ । यसैले वैचारिक भिन्नता स्वाभाविक छ तसर्थ एक अर्कालाई गलत देखाउने वा जबरजस्ती सम्झाउने कोसिस नगर्नुहोला । तपाइँले केवल धैर्य पूर्वक ध्यान तथा नाम-जप गरि रहनुहोला ।परिस्थितिलाई स्वयंले नियन्त्रण गर्ने कोसिस नगरेर गुरुदेव माथि छोडी दिनुहोस् ।

गुरुदेवसँग दीक्षा लिएपछि तपाइँको दोस्रो जन्म हुन्छ । जब सम्म गुरुदेवसँग भेट भएको थिएन तब सम्म अज्ञानतालेवा संस्कारले परिस्थितिलाई स्वयंले नियन्त्रण गर्ने कोसिस गर्नु, ठीकै छ , बुझ्न सकिन्छ तर गुरुदेवसँग दीक्षा लिए पछि केवल ध्यान, नाम-जप तथा प्रार्थनामा भरोसा राख्नु पर्छ । जब जन्म तथा मृत्यु तपाइँको नियन्त्रणमा छैन भने तब बीचको जीवन कालको परिस्थितिको नियन्त्रण पनि गुरुदेव माथि छोडी दिनुपर्छ । जब तपाइँले परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस बन्द गर्नुहुन्छ तब महसुस गर्नुहुनेछ कि गुरुदेवको शक्तिले हरेक पल तपाइँलाई मद्दत गरिरहेको छ ।


प्रश्न – परिवारका केही सदस्य यस ध्यान पद्धतिको विरुद्ध छन्, के गरौं?

उत्तर –तपाइँले वहाँहरूलाई एक पटक सम्झाउनुहोस् त्यस पछि बारम्बार सम्झाउने प्रयास नगर्नुहोला । तपाइँ स्वयम् पूर्ण मनले ध्यान तथा नाम-जप गरि रहनुहोला । केही समय पछि तपाइँ भित्र भएको परिवर्तन एवं फाइदा देखेर उनीहरूले स्वयम् ध्यान गर्न सुरु गर्नेछन् ।

ध्यानसँग सम्बन्धित प्रश्न

प्रश्न –ध्यानको दौडानमा कुन–कुन कुरालाई ख्याल राख्नु पर्छ?

उत्तर – यस विधिमा गुरुदेवको चित्रलाई आज्ञाचक्रमा सम्झेर दिइएको (भनिएको) मन्त्रको जप गर्नाले साधकको कुण्डलिनी शक्ति चेतन हुन्छ र त्यसले शरीरको आवश्यकता अनुसार यौगिक क्रिया गराउँछ । यस ध्यानको दौडानमा –

  • शरीरलाई पूर्ण रूपले खुकुलो तथा हलुको राख्ने, आँखा बन्द राख्ने, गुरुदेवको चित्रलाई आज्ञाचक्रमा सम्झिने, चित्र ध्यानमा आओस् वा न आओस् त्यसको चिन्ता नगर्ने । मनमा आउने विचारहरूको चिन्ता नलिएर मानसिक जप गर्दै रहने ।
  • कम्पन, झुक्ने, पल्टिने, रुने, हाँस्ने, उज्यालो प्रकाश वा रङ्ग देखिने वा अन्य आसन, बन्ध, मुद्रा वा प्राणायामकोस्थिति बन्न सक्छ, यस्तोमा नआत्तिने र यसलाई रोक्ने प्रयास नगर्ने । यस्तो, मातृ-शक्ति कुण्डलिनीले शारीरिक रोगहरूलाई ठीक पार्नको लागि गराउँछिन् ।
  • यौगिक क्रिया वा अनुभूति नभएमा पनि ध्यान एवं मन्त्र जपलाई बन्द नहर्नुहोला । दैनिक साँझ-बिहान ध्यान गर्नाले केही दिन पछि अनुभूति हुन प्रारम्भ हुन्छ ।
  • ध्यान गर्दाको समयमा मन्त्रको मानसिक जप गर्नुहोला तथा जब ध्यान गरिरहनु भएको हुँदैन तब पनि खाँदा-पिउँदा, नुहाई-धुवाई गर्दा, लेख्दा-पढ्दा, हिँड्दा-डुल्दा, गाडी चलाउँदा अर्थात् हरेक समय ज्यादा भन्दा ज्यादा यस मन्त्रको मानसिक जप गरिरहनु होला । दैनिक अभ्यासमा 15-15 मिनेटको ध्यान साँझ-बिहान गर्नुपर्छ ।
  • जब एक पटक कुनै व्यक्ति गुरु सियागसँग जोडिन्छ चाहे त्यसले मन्त्र दीक्षा लिएकोहोओस् वा मात्र उनको फोटोबाट ध्यानको विधिद्वारा ध्यान गरेको होओस् त्यो उनको शिष्य बन्छ । दुबै सूक्ष्म धरातलमा गुरुदेवसँग जोडिन्छन् । समय वा दूरी चाहे जति पनि अलग होओस् उनीहरूको आध्यात्मिक सम्बन्ध सूक्ष्म तथा बलियो बनी रहन्छ । यो दिव्य अनुभूति गुरु सियाग प्रति पूर्ण समर्पणद्वारा मात्र प्राप्त गर्न सकिन्छ, भेटी-पैसाद्वारा, चलाकी, छल-कपट वा देखावटद्वारा सकिन्न ।

प्रश्न –जब म ध्यान गर्छु तब गुरुदेवको फोटो सम्झिन सक्दैन । यसैले म ध्यानमा चिन्तित हुन्छु र ध्यान लाग्दैन । म के गरुँ?

उत्तर –जस्तो प्रकारले तपाइँ कसैको पनि बारेमा सोच्नु हुन्छ त्यस्तै प्रकारले गुरुदेवको फोटो पनि सोच्नुहोस् ।सुरु-सुरुमा गुरुदेवको फोटो हेरेर ध्यान एवं मन्त्र जप आरम्भ गर्नुहोस्, पछि फोटोको सम्झना नआए पनि चिन्ता नगर्नुहोला तर मन्त्रको जप लगातार गरि रहनुहोला । यदि मन्त्रको जप लगातार चलिरहेको छ भने कैयौँ पटक तपाइलाई ध्यानमा भूत-भविष्यको घटना वा तपाइँको समस्याको समाधान पनि देखिन सक्छ । यस कारण तपाइँले फोटोको चिन्ता नगरेर मन्त्रको जप सघनताले गर्दै गर्नुहोला । 


प्रश्न – गुरु सियागको ध्यानको समयमा के–के अनुभव हुन सक्छन्?

उत्तर –धेरै जसो साधकले स्वतः हुने वाला यौगिक क्रिया वा शारीरिक हलचल अनुभव गर्छन् जस्तै- कम्पन, हल्लिनु, अगाडि-पछाडि झुक्नु, टाउको यताउता हल्लिनु, पेट भित्र-बाहिर हल्लिनु, हातको अनियमित गति हुनु, भुइँमा दण्डवत् सुत्नु, ताली बजाउनु, हाँस्नु, रुनु, कराउनु आदि-आदि ।

कैयौँ पटक ध्यानको दौडान यस्तो हाउभाउ बन्छन् जस्तै – ईश्वरको आराधना गरिरहनु भएको छ, कसैलाई दिव्य तेज प्रकाश देखाइ पर्छ वा सुगन्ध आउँछ अथवा ध्वनि वा नाद सुनाइ दिन्छ । यस्तो दृश्य देखाइ पर्छ जुन या त पहिल्यै नै घटेका हुन्छन् वा भविष्यमा ती घटना घटने छन् ।

ध्यानको दौडानमा धेरै जस्तो साधकलाई अत्याधिक खुसी एवं उल्लासको अनुभव हुन्छ जुन उनीहरूले यस भन्दा पहिले कहिल्यै पनि अनुभव गरेका थिएनन्। कतिपयलाई शरीरको विभिन्न भागमा कम्पन महसुस हुन्छ ।

यस योगमा ध्यानको प्रभाव भिन्न-भिन्न व्यक्तिमा भिन्नाभिन्नै हुन्छ । केही साधकलाई ध्यानमा गुरुदेव सियाग अथवा अन्य कुनै दिव्य सत्ताको तस्विर देखाइ पर्छ । साधक जसै-जसै ध्यानको बाटोमा अगाडि बढ्दै जान्छ त्यसै-त्यसै सुस्त-सुस्त खुमारी (आनन्दको एउटा अवस्था) तथा समाधि जस्तो अवस्था आउँछ । ब्रह्माण्डमा हाम्रो चारैतिर जुन सूक्ष्म शक्ति कार्यशिल हुन्छन् तिनिहरूलाई यस अवस्थामा साधकले ज्ञानेन्द्रियद्वारा अनुभव एवं महसुस गर्न आरम्भ गर्छन् । यहाँ त्यस्तो स्थिति उत्पन्न हुन थाल्छ जसलाई योगाचार्य श्री अरविन्दले ‘चेतनाको अपूर्व यात्रा’ भन्नुभएको छ ।


प्रश्न – गुरु सियाग सिद्धयोगको ध्यानमाअलग–अलग अनुभव किन हुन्छ?

उत्तर –साधकले यी यौगिक क्रियालाई न इच्छा अनुसार गर्न सक्छन् न नियन्त्रण गर्न सक्छन् । यी क्रियाहरू हरेक साधकको लागि उसको शरीरको आवश्यकता अनुसार अलग-अलग हुन्छन् । यस्तो यस कारणले हुन्छ कि यो दिव्य शक्तिजुन गुरु सियागको आध्यात्मिक शक्तिको नियन्त्रणमा कार्य गरिरहेको हुन्छ, उसले (त्यस दिव्य शक्तिले) यो राम्रो तरिकाले जान्दछ कि साधकलाई शारीरिक एवं मानसिक रोगहरूबाट छुटकारा दिलाउन तथा उसलाई आध्यात्मिक मार्गमा अगाडि बढाउनको लागि कुन चाहिँ विशेष मुद्रा / क्रिया आवश्यक छ । यस कारण सिद्धयोगमा यौगिक मुद्रा, अन्य संस्थामा जस्तो इच्छा अनुसार वाञ्छित प्रभाव ल्याउनको लागि कुनै क्रम विशेषमा व्यवस्थित विधिद्वारा गराइने यौगिक क्रिया अनुसार हुँदैन । गहिरो ध्यानले मस्तिष्क तथा शरीरको सुद्धिकरण मात्र गर्दैन चेतनाको नवीन विस्तारलाई पनि खोल्छ । साधकले यस्तो महसुस गर्न थाल्छ कि हाम्रो भौतिक अस्तित्वको बाहिर पनि, अस्तित्वको अनेक स्तर छन् यद्यपि हामीले यिनीहरूलाई महसुस गर्दैनौ तर यिनीहरू चेतनाको सूक्ष्म धरातलमा विभिन्न तरिकाले हामीसँग ठोकिन्छन् । धेरै जसो मामिलामा साधकको शरीर तथा मस्तिष्कमा सिद्धयोगको स्पष्ट तथा स्पर्श गर्ने योग्यप्रभाव देखाइ पर्छ । एउटा दीक्षित व्यक्ति जसै-जसै सिद्धयोगको मार्गमा अगाडि बढ्छ शीघ्र नै त्यसले महसुस गर्छ कि तनाव टाढा भएको छ, ध्यान केन्द्रित गर्ने शक्ति बढेको छ तथा विचार अधिक धनात्मक भएको छ । ध्यानको अवस्थामा धेरै जसो साधकलाई विभिन्न यौगिक मुद्रा तथा क्रिया स्वतः हुन्छ ।

सिद्धयोगमा मान्छेलाई समूहमा ध्यान गरेको देखेर एउटा निरीक्षण कर्ता यो देखेर छक्क पर्छ कि भाग लिएका लगभग प्रत्येक व्यक्तिको यौगिक मुद्रा भिन्न-भिन्न छन् । धेरै जसो साधक ध्यानको दौडान उमङ्ग एवं खुसी अनुभव गर्छन् जुन उनीहरूले पहिले कहिल्यै महसुस गरेका हुँदैनन् ।


प्रश्न – ध्यानको समयमा केही मान्छे धेरै जोडले चिच्याउँछन्, किन?

उत्तर –यसको धेरै कारण हुन सक्छ –

  • व्यक्तिको घाँटीमा समस्या हुन सक्छ ।
  • प्राणायामको एउटा प्रकार हुनसक्छ, कुण्डलिनीले जोडले चिच्याउन लगाएर शरीरको कुनै भागलाई ठीक पारिरहेको हुन्छ सक्छ।
  • कतिपय मान्छेले परिस्थिति वश आफ्नो भावनालाई दबाएर राखेका हुन्छन् जुन ध्यानको समयमा आफैआफ प्रकट हुन्छ। यिनीहरू मध्ये केही मान्छेले पछि भन्छन् कि उनीहरूलाई धेरै हल्का महसुस भइरहेको छ ।
  • केही व्यक्तिले भन्छन् कि तिनिहरूको भित्र कुनै दुष्ट शक्ति (भूत-प्रेत, आत्मा, वायु, चुडेल आदि) बसेको छ जुन गुरुदेवको सामु ध्यान गर्दाको समयमा दुख दिन्छ किनकी त्यसले यस व्यक्तिको शरीर छोड्नु पर्छ । यसलाई यस प्रकारले पनि बुझ्न सकिन्छकि – केही भाडावाल बडो शान्तिले बस्छन् तर जब उनीहरूलाई घर खाली गर्नको लागि भनिन्छ तब उनीहरूले केही न केही उपद्रो मच्चाउँछन् तथा सजिलैसँग घर खाली गर्दैनन् । यसै प्रकारले यी दुष्ट शक्तिले आरामसँग शरीरको माध्यमबाट आफ्नो इच्छा पुरा गरिरहेका हुन्छन् तर गुरुदेव वा गुरुदेवको फोटोको सामुन्ने उनीहरूले त्यो शरीर छोडेर जानु पर्ने हुन्छ त्यसैले उनीहरूले उपद्रो मच्चाउँछन् त्यस सङ्घर्ष एवं विरोधको कारणले चिच्च्याहट हुन्छ। यस कुरालाई यसरी पनि बुझ्न सकिन्छ कि कति पटक व्यक्तिले यस्तो व्यवहार गर्छ कि जुन उसले स्वयम् बुझ्न सकिरहेको हुँदैन कि उसले यस्तो किन गर्यो तथा उ त्यसका लागि पछि पछुताउँछ पनि । कति पटक अचानक क्रोधमा आएर गलत निर्णय लिन्छ फेरी भन्छ थाहाछैन मलाइ के भएको थियो? त यो कति पटक त्यस व्यक्तिमा प्रविष्ट दुष्ट शक्तिको कारणले हुन्छ ।

प्रश्न – के म अरू कसैको लागि पनि ध्यान गर्न सक्छु?

उत्तर –अँ, तपाइँले त्यस व्यक्तिको लागि ध्यान गर्न सक्नु हुन्छ जुन तपाइँको हृदयको नजिक छन्, जसको बारेमा तपाइँले चिन्ता लिनु हुन्छ यदि त्यो कुनै कारण वश ध्यान गर्न योग्य छैन भने, उदाहरणार्थ – एउटा बच्चा, एउटा बेहोस व्यक्ति, अरू कुनै व्यक्ति जुन कुनै कारणले ध्यान गर्न नसकिरहेकोहोओस् । यदि परिवारमा कसैले ध्यान गर्दैनन् भने पनि, तपाइँले नियमित ध्यान गर्नाले केही समय पछि ती व्यक्तिले पनि आफैआफ ध्यान गर्न आरम्भ गर्नेछन् ।


प्रश्न – म मासु खान्छु र रक्सी पिउँछु, यदि म कुनै वस्तुको अम्मली छु जस्तै चुरोट, ड्रग्स, सुर्ती इत्यादि, तब के ध्यानको लागि कुनै बन्धन छ? ध्यान आरम्भ गर्नु भन्दा पहिले के मैले यिनीहरूको सेवन छोड्नु पर्छ?तब मात्रै ध्यान गर्न सक्छु?

उत्तर –पर्दैन, कुण्डलिनीशक्ति जुन सिद्धयोगबाट जागृत हुन्छ त्यसलाई राम्रोसँग थाहा छ कि तपाइँको शरीरलाई के चाहिन्छ के चाहिँदैन?  यसले बिना कुनै प्रयासले (केवल इच्छा गर्नाले) तपाइँलाई त्यस वस्तुबाट टाढा गरिदिन्छ जुन तपाइँको शरीरको लागि हानिकारक छ । संक्षेपमा तपाइँले वस्तु छोड्नु पर्दैन, वस्तुले तपाइँलाई छोडेर जानेछ । जति धेरै तथा जति समर्पणले नाम-जप गर्नुहुन्छ त्यति नै चाँडो नशाबाट मुक्ति पाउनु हुन्छ ।

तपाइँ बिना चिन्ता गरेर केही पनि खान-पिउन स्वतन्त्र हुनु हुन्छ । तपाइँ केवल पुरा मनले नाम -जप र ध्यान गरि रहनुहोस् । गुरुदेवले भन्नुहुन्छ नाम र नशा एकै साथ चल्दैनन् । ईश्वरीय शक्तिले कुनै प्रकारको बन्धन लगाउँदैन । यस ध्यानमा शक्ति छ भने गलत चीजले आफैँ नै छोडेर जानेछ ।

यसलाई यस प्रकार बुझ्न सकिन्छ कि सूर्य, हावा, पानी, बादल, फल-फूल आदि प्राकृतिक चीजले कहिल्यै कुनै बन्धन लगाउँदैनन् । तपाइँले चाहे मासु खानुहोस्, रक्सी पिउनुहोस्, राम्रो-नराम्रो गर्नुहोस् फेरी पनि सूर्य, हावा, पानी, बादल, फल-फूल आदिले तपाइँलाई कुनै पनि चीजबाट वञ्चित गर्दैनन् भने, फेरी ईश्वरीय शक्तिले तपाइँ माथि बन्धन किन लगाउँछ? यसैले गुरुदेवले पनि तपाइँ माथि कुनै पनि कुराको बन्धन लगाउनु हुन्न । महिलाहरूले पनि यस ध्यानलाई महिनाको तीसै दिन गर्न सक्छन् ।


प्रश्न – के ध्यानको एउटा खास वा उपयुक्त समय छ?

उत्तर –छैन, ध्यान तपाइँ कुनै पनि समय जुन तपाइँलाई सुविधाजनक छ, गर्नसक्नुहुन्छ । तर पनि बिहान-बेलुकाको समय गुरुदेवद्वारा भनिएको छ ।


प्रश्न – मैले ध्यान कति बेर सम्म गर्नु पर्छ?

उत्तर –सुरुमाआरम्भ गर्नेहरूको लागिगुरु सियागले15 मिनेटको ध्यानको राय दिनुहुन्छ । यदि तपाइँ आराम दायक महसुस गर्नु हुन्छ भने तपाइँले सुस्त-सुस्त ध्यानको समय सिमा बढाउन सक्नुहुन्छ । जाडोको समयमा वा चिसो प्रदेशमा ध्यान 30 मिनेट सम्म गर्न सकिन्छ ।


प्रश्न – एक दिनमा मैले कति पटक ध्यान गर्नु पर्छ?

उत्तर –कुनै निश्चित सङ्ख्या छैन । फेरी पनि गुरुदेवले एक दिनमा कम्तीमा दुई पटक बिहान र बेलुका गर्ने राय दिनु हुन्छ । चिसो ठाउँमा ध्यान अधिक समय सम्म वा दुई पटक भन्दा बढि पनि गर्न सकिन्छ ।


प्रश्न – के हामीले ध्यानमा बस्दा अलार्म लगाउनु पर्छ?

उत्तर –पर्दैन, ध्यानमा बस्दा मनै मनमा 15 मिनेट वा जति समयको लागि ध्यान गर्न चाहनु हुन्छ त्यति समयको लागि गुरुदेवसँग आफ्नो शरणमा लिनको लागि प्रार्थना गर्नुहोस् । तपाइँको ध्यान स्वतः त्यति समय पछि खुल्ने छ । यदि ध्यान छिटै खुलेमा वा ढिलो सम्म लागेमा पनि चिन्ता लिनु पर्दैन ।


प्रश्न – यदि कुनै कुराले अचानक मेरो ध्यान भङ्ग गर्न चाहन्छ भने के म ध्यानको मध्यमा उठ्न सक्छु?

उत्तर –अँ, तपाइँ उठ्न सक्नु हुन्छ, आफ्नो कार्य समाप्त गरेर पुनः ध्यानको लागि बस्न सक्नु हुन्छ ।


प्रश्न – के म खाना खाए पछि ध्यान गर्न सक्छु? खाएर–पिएर गर्नाले के नोक्सान हुन्छ?

उत्तर –तत्काल हुँदैन, 3-4 घण्टा बित्न दिनुहोस् अनि ध्यान गर्नुहोस् । यथा सम्भव भरी पेटमा ध्यान नगर्नुहोला । कति पटक ध्यानको समयमा यदि प्राणायाम हुन लागेमा वा शीर्षासन हुन लागेमा भरिएको पेट धेरै असुविधा जनक हुनेछ ।


प्रश्न – गुरु सियागको ध्यान गर्नको लागि म कहाँ बस्न सक्छु?

उत्तर –कतै पनि, त्यस्तो त तपाइँ फर्शमा (जमिनमा) बसेर ध्यान गर्नु पर्छ तर तपाइँ परिस्थिति अनुसार कुर्सी, सोफा वा ओछ्यानमा बसेर पनि ध्यान गर्न सक्नुहुन्छ । आरम्भमा हुन सक्छ भने कुनै सहारा नलिनुहोला । कति पटक ध्यानको बेलामा टाउको वा शरीर पछाडि जान चाहन्छ त यस मुवमेन्ट (हलचल)मा कुनै रोकावट आउनु हुँदैन । केही व्यक्तिको अनुभव छ कि जब तिनिहरूले सहारा लिएर ध्यान गर्थे तब टाउको भारी भएर आउथ्यो। तपाइँको शरीर चारैतिरबाट गति/हलचल (मुवमेन्ट)को लागी स्वतन्त्र हुनु पर्छ । यसैले सामूहिक ध्यानको बेलामा मान्छेहरूलाई अलग-अलग दूरीमा बस्नको लागि भनिन्छ ।


प्रश्न – गुरुदेवको ध्यान गर्नको लागि कुन दिशा तिर मुख गरेर बस्नु पर्छ?

उत्तर –कुनै पनि दिशा तिर जुन तपाइँको लागि सुविधाजनक छ । यस्तो कुनै बन्धन छैन । ईश्वरीय शक्ति हरेक दिशामा विद्यमान छन् ।


प्रश्न – गुरुदेवको ध्यानको लागि के एकान्तमा बस्नु आवश्यक छ?

उत्तर –आरम्भमा एकान्त भएमा राम्रो हो तर आवश्यक छैन ।केही समय पछि तपाइँले कहीँ पनि ध्यान गर्न सक्नु हुन्छ । आरम्भमा ध्यान गर्नेहरूको लागि, आफ्नो ध्यान गुरु सियागको फोटोमा केन्द्रित गर्न गाह्रो हुन्छ साधक जुन स्थानमा बसेर ध्यान गर्छन् त्यस स्थानमा कुनै पनि किसिमको आवाजहरू आयो वा आइरहेको छ भने ध्यान गर्ने व्यक्तिको लागि ध्यान गर्नमा बाधा व्यवधान हुन्छ । यस भन्दा पनि ज्यादा व्यवधान दिमागमा जोडले चल्ने विचारले हुन्छ । फेरी पनि साधकले धैर्य पूर्वक ध्यान गर्दै रहनु पर्छ । शीघ्र नै तपाइँले महसुस गर्नु हुनेछ कि तपाइँलाई ध्यान केन्द्रित गर्नमा तीव्रताले सफलता मिलिरहेको छ तथा बाहिरको ध्वनि र विचार ध्यानमा अब त्यति बाधक छैनन् ।


प्रश्न – के म अरू व्यक्तिसँग एउटा समूहमा ध्यान गर्न सक्छु?

उत्तर –सक्नु हुन्छ तर दूरी बनाएर बस्नु पर्छ किनकी यौगिक क्रिया भएमा कोही कसैबाट पनि बाधा व्यवधान नहोस् । सामूहिक ध्यानको यो फाइदा पनि छ कि ध्यान पश्चात् साधकले आफ्नो अनुभव एक अर्कालाई बाँड्न सक्छन् । कसैको पनि अनुभव अर्काको उत्साह वर्धनको लागि आवश्यक हुनसक्छ ।


 प्रश्न – गुरुदेवको ध्यान गर्न योग्य हुनको लागि कति उमेर हुनु पर्छ?

उत्तर –कोही पनि 5 वर्ष वा यस भन्दा माथिकाले ध्यान गर्न सक्छन् । यसको अर्थ हो बालक, युवा, अधबैँसे, वृद्ध सबैले ध्यान गर्न सक्छन् ।


प्रश्न – घरमा ध्यान गर्नको लागि के मैले खास किसिमको लुगा लगाउनु पर्छ?

उत्तर –पर्दैन, ध्यान गर्दा सजिलो जुनसुकै लगाउन सक्नु हुन्छ ।

मन्त्र जपसँग सम्बन्धित

प्रश्न – मैले गुरु सियागसँग मन्त्र प्राप्त गरेको छु तर मेरो पति–पत्नी, छोरा–छोरी, बुबा–आमा आदिले छैनन् । के मैले उनीहरूलाई मन्त्र भन्न सक्छु?

उत्तर –अहँसक्नुहुन्न । मन्त्र प्राप्त गर्ने निम्न विधि मध्ये कुनै पनि एक विधिबाट मन्त्र दिलाउन सक्नु हुन्छ । गुरुदेवबाट दिव्य-मन्त्र प्राप्त गर्ने तरिका छन्

  1. टि.भि.द्वारा
  2. भिडियो सिडिद्वारा

प्रश्न – के यिनी सबै विधिमा मन्त्र गुरुदेवद्वारा दिइन्छ?

उत्तर –  हजुर हो, यिनी सबै विधिमा मन्त्र गुरुदेवद्वारा नै दिइन्छ । यो गुरुदेवको आवाज हो जुन सुन्नेहरूका लागि कार्य गर्दछ । गुरुदेवको आवाज एउटा एनलाईटेण्ड (प्रबुद्ध / जाग्रत) शरीरबाट आउँछ, यसैले सुन्नेहरूका लागि कार्य गर्छ । कुनै पनि तरिकाले मन्त्र लिनुहोस्, मन्त्र सधैँ सबैको लागि एउटै रहनेछ । लेखेर वा इशाराले कसैलाई पनि मन्त्र भन्ने प्रयास नगर्नुहोला।


प्रश्न – के प्रत्येक मनुष्यको लागि मन्त्र अलग–अलग छ?

उत्तर –छैन, प्रत्येक मनुष्यको लागि एउटै मन्त्र हो ।


प्रश्न – यदि मैले जानी–बुझी यो मन्त्र कसैलाई भनिदिएँ, भने  के हुन्छ?

उत्तर –जानी-बुझी गल्ती गर्ने ले सिद्धयोगको साधनाबाट लाभको आशा गर्न मिल्दैन साथै जसलाई तपाइँले मन्त्र भन्नु हुन्छ त्यसलाई पनि यस मन्त्रको लाभ हुँदैन ।


प्रश्न – मन्त्रले गुरुदेवको आवाजमा मात्रै किन कार्य गर्छ? लेखेको पढ्नाले वा अरू कसैले भनेकोमा कार्य किन गर्दैन?

उत्तर –गुरुदेवको आवाजएउटा एनलाईटेण्ड (प्रबुद्ध / जाग्रत) वा पूर्ण रूपबाट चेतन शरीरबाट आउँछ, यसैले प्रभावी हुन्छ । यसलाई तपाइँ एउटा उदाहरणबाट बुझ्नुहोस् – कुनै राजाको राज्यको सिमा बाहिर एउटा महात्मा आएका थिए, जसले मान्छेहरूलाई “राम” नामको दीक्षा दिन्थे । मन्त्रीले राजालाई भने कि “महाराज तपाइँले पनि त्यस महात्माबाट राम नामको मन्त्र लिनुहोस्” तब राजाले भने “राम नाम त तिमीले भनि सक्यौ अब महात्मा कहाँ  किन जाने,गएर के हुन्छ? केही समय पछिअचानक मन्त्रीले राजा तर्फ इशारा गर्दै सैनिकलाई भने “वहाँलाई गिरफ्तार गर” तर कुनै पनि सैनिक डेग चलेनन्, मन्त्रीले दसौं पटक सम्म कराएर भने “वहाँलाई गिरफ्तार गर” तर पनि कोही अगाडि बढेनन् । राजालाई धेरै रिस उठ्यो र सैनिकलाई मन्त्री तिर इशारा गर्दै भने “ यसलाई गिरफ्तार गर” सैनिकले तुरुन्त मन्त्रीलाई गिरफ्तार गरिहाले । मन्त्रीले भने –महाराजमैले “गिरफ्तार गर” भन्ने शब्द दसौं पटक भने, कराइ कराइ भने तर एउटा पनि सैनिक हल्लिएनन् तर तपाइँले एक पटक मात्र भन्नुभयो र सैनिकले तुरुन्त मलाई गिरफ्तार गरे । तपाइँले अरू अतिरिक्त शब्द भन्नु भएको छैन भने मैले पनि त्यो भन्दा कम बोलेको छैन, फेरी यस्तो अन्तर किन? राजाले भने – किनकी म समर्थ छु, म राजा हुँ । यस कारणले मैले भनेको शब्द प्रभावी छ । तब मन्त्रीले भने – महाराजा, यही त मैले भनिरहेको थिएँ कि तपाइँ भौतिक समर्थ हुनुहुन्छ तब तुरुन्त एक्शन (कार्य) भयो, यस्तै प्रकारले राज्यको सीमामा आएको महात्मा आध्यात्मिक रूपले समर्थ छन् तब उनको मुखबाट भनिएको ‘रामले’ काम गर्ने छ, मेरो मुखबाट सुनाएकोले होइन । राजालाई तुरुन्त आफ्नो गल्ती महसुस भयो । यस्तै प्रकारले गुरुदेव सियागको मुखबाट सुनिएको दिव्य मन्त्रले नै कार्य गर्छ । तपाइँले भनेको वा लेखेर दिएको मन्त्र प्रभावी हुँदैन ।


प्रश्न – बिहान–बेलुकाको ध्यानको अतिरिक्त बाँकी समय यस साधना पद्धतिबाट अधिकतम लाभ लिनको लागीमैले के गर्नु पर्छ? अथवा जब म ध्यान गरिरहेको हुँदैन तब मैले के गर्नु पर्छ?

उत्तर –तपाइँले गुरु सियागद्वारा दिइएको मन्त्रको जप 24सै घण्टा अर्थात् धेरै भन्दा धेरै गर्नु पर्छ । जप यस बाटोमा छिटो अगाडि बढने साँचो हो । मन्त्र जप – काम गर्दा, खाँदा-पिउँदा, हिँड-डुल गर्दा, नुहाइ-धुवाइ गर्दा, सवारि चलाउँदा, फ्रेश हुँदा अर्थात् हरेक समय सदा-सर्वदा, कहीँ पनि जुनसुकै बेला गर्न सकिन्छ । जति धेरै मन्त्र जप गर्नुहुन्छ त्यति नै छिटो तपाइँको समस्याको समाधान हुन्छ । जहिले पनि कुनै समस्या आयो भने मन्त्र जप तीव्र गर्नुहोला । तपाइँले सोच्दा वा बुझ्दा सम्म समस्याको हल निस्किन ढिलो होला तर मन्त्र जपले कष्ट धेरै छिटो अन्त्य हुनेछ ।


प्रश्न – मन्त्र जप कहिले सम्म गर्नु पर्छ?

उत्तर – लगातार केही समय सम्म मन्त्र जपे पछि यो अजपा जप बन्छ अर्थात् मन्त्र नजप्दै आफै आफ जपिन थाल्छ । तर यो यस कुरामा निर्भर गर्छ कि तपाइँले कत्तिको लगनले जपिरहनु भएको छ, त्यति नै छिटो अजपा सुरु हुनेछ । तपाइँले अजपा सुरु हुने चिन्ता छाडेर पुरा मनले जप गर्दै गर्नुहोला।


प्रश्न – जब म ध्यान गरिरहेको हुन्छु मैले दिमागमा के राख्नु पर्छ?

उत्तर –केवल दुईटा चीज- गुरुदेव सियागको चित्रमा ध्यान केन्द्रित गर्ने तथा बिना जिभ्रो र ओठ हल्लाएर मन्त्रको जप गर्ने । यदि तपाइँ दीक्षित हुनुहुन्न भने गुरु सियागको चित्रको साथमा अन्य ईश्वरीय नामको जप गर्न सक्नु हुन्छ ।


प्रश्न – गुरु सियागले एउटा दिव्य मन्त्र दिनु हुन्छ त्यसले कुन प्रकारले कार्य गर्छ? मन्त्रले कुन प्रकारले परिवर्तन ल्याउँछ?

उत्तर –दुनियाँको सबै धर्ममा जतिसुकै विभिन्नता भएपनि तर एउटा कुरामा सबै एकमत छन् कि यस ब्रह्माण्डको उत्पत्ति एउटा दिव्य शब्दबाट भएको हो । बाइबलले पनि भन्छ कि – सृष्टिको आरम्भमा शब्द थियो, शब्द ईश्वरसँग थियो, शब्द ईश्वर थियो । त्यो शब्द ईश्वर सँगै आरम्भ भएको थियो, हरेक वस्तु उद्वारा बनाइएको थियो र उ बिना केही पनि बनाउन सम्भव थिएन, जे पनि बनाइएको थियो त्यसमा नै जीवन थियो त्यो जीवन नै मानवको प्रकाश थियो ।

यस बारेमा श्री अरविन्दले पुस्तक ‘चेतनाको अपूर्व यात्रा’मा लेखेका छन् कि “भारत वर्षमा एउटा गुह्य विद्या विद्यमान छ जसको आधार होनाद तथा चेतना स्तरको अनुरूप स्पन्दन-विधिको भिन्न-भिन्न तरिका ।

उदाहरणको लागि : यदि हामीले ‘‌ॐ’ ध्वनिको उच्चारण गर्यौं भने तब हामीलाई स्पष्ट अनुभव हुन्छ कि त्यसले मूर्धाको केन्द्रलाई घेर्दछ । यसको विपरीत ‘रं’ ध्वनिले नाभि केन्द्रलाई स्पर्श गर्दछ । हाम्रो चेतनाको प्रत्येक केन्द्रको एउटा लोक विशेषसँग सिधा सम्बन्ध हुनाको कारणले केही ध्वनिको जप गरेर मनुष्यले उसको समरूप चेतना स्तरसँग सम्बन्ध स्थापित गर्न सक्छ । एउटा सम्पूर्ण आध्यात्मिक अनुशासन यही तथ्यमा आश्रित छ । त्यो ‘तान्त्रिक’ कहलिन्छ किनकी तन्त्र नामक शास्त्रबाट त्यसको उत्पति भएको हो । यी आधारभूत वा मूल ध्वनिजसमा सम्बन्ध स्थापित गर्ने शक्ति निहित रहन्छ, त्यसलाई मन्त्र भनिन्छ । मात्र गुरुद्वारा नै शिष्यलाई उपदिष्ट यो मन्त्र, सदा गोपनीय छ । मन्त्र धेरै थरीका हुन्छन् (चेतनाको प्रत्येक स्तरको धेरै कोटी छन्) र सर्वथा विपरीत लक्ष्यको लागि यसको प्रयोग हुन सक्छ । केही विशिष्ट ध्वनिको सम्मिश्रणद्वारा मनुष्य चेतनाको निम्न स्तरमा, धेरै जसो प्राण-स्तरमा, यी जस्तै समरूप शक्तिसँग सम्पर्क जोडेर अनेक प्रकारको बडो नै विचित्रको क्षमता प्राप्त गर्न सक्छन् – यस्ता मन्त्र छन् जुन घातक सिद्ध हुन्छन् ( पाँच मिनेट भित्र भयङ्कर वमन हुन थाल्छ) ठीक-ठीक निशाना बनाएर उनीहरूले शरीरको कुनै पनि भागमा, कुनै अङ्ग विशेषमा प्रहार गर्छन्, फेरी रोगको उपशमन गर्ने वाला, आगो लगाउने वाला, रक्षा गर्ने वाला, मोहिनी शक्ति लगाएर वशमा गर्ने वाला मन्त्र पनि हुन्छन् । यस प्रकारका जादु-टुना वा यो स्पन्द-रसायन, एकमात्र निम्न-स्पन्दको सचेतन प्रयोगको परिणाम हो । तर एउटा उच्चतम जादु जुन कि हुन्छ, स्पन्दको नै व्यवहारद्वारा सिद्ध तर चेतनाको ऊर्ध्व स्तरमा – काव्य, सङ्गीत, वेद तथा उपनिषतका आध्यात्मिक मन्त्र अथवा ती सबै मन्त्र जुन कुनै गुरुले आफ्नो शिष्यलाई चेतनाको कुनै विशेष स्तरसँग, कुनै विशेष शक्ति अथवा दिव्य सत्तासँग सिधा सम्बन्ध स्थापित गर्नको लागि सहायता गर्ने उद्देश्यले उपदेश दिएको हुन्छ । अनुभूति र सिद्धिको शक्ति स्वयम् यस ध्वनिमा नै विद्यमान रहन्छन् – यी यस्ता ध्वनि हुन्छन् जसले हामीलाई अन्तर्दृष्टि प्रदान गर्छन् ।

कुण्डलिनीसँग सम्बन्धित प्रश्न

कुण्डलिनी जागरणको सङ्केत।एउटा सामान्य जस्तो प्रश्न छ कि कुण्डलिनी जागरणको सङ्केत शरीरमा हुने यौगिक क्रिया हुन जस्तै हलचल (मुभमेन्ट), आसन, मुद्रा आदि, यदि यो अनुभव भएन भने कुण्डलिनी जागरण भयो वा भएन? कसरी थाहा हुन्छ? यो प्रकरण दुई प्रकारले बुझ्न सकिन्छ :

  1. कुण्डलिनी जागरणको केही विशेष वा शान्त सङ्केत
  2. ध्यानको दौडान साधकद्वारा ध्यान राख्ने योग्य कुरा

 ध्यानको दौडान यौगिक क्रिया नभएमा कुण्डलिनी जागरणको निम्न सङ्केत छन् –

त्यस्तो त यी सङ्केत अनन्त छन् तर यहाँ ती अनुभव लेखिएका छन् जुन साधकद्वारा भनिएका हुन । यदि तपाइँलाई कुनै अरू अनुभव भएमाकृपया सूचित गर्नुहोला ।

  • हत्केला वा टाउको चिसो वा तातो हुनु । केही साधकलाई मेरुदण्डमा चिसो वा तातोको अनुभव हुन्छ ।
  • ध्यानको अवस्थामा प्रकाश वा रङ्ग देखिनु वा कुनै दिव्य घटना देखिनु ।
  • कुनै व्यक्ति वा घटनाको बारेमा पूर्व आभास हुनु वा साधकलाई कुनै कार्यको बारेमा कुनै सङ्केत आउनु र त्यसै अनुसार घटित हुनु ।
  • अचानक धेरै आनन्द वा सबैको लागि अत्याधिक प्रेमको अनुभूति हुनु । अत्याधिक आनन्दको स्थितिमा आकाशमा उडेको जस्तो अनुभव हुनु ।
  • कसैलाई ध्यानको दौडान धेरै रुन आउनु एवं त्यसपछि महसुस हुनु कि जीवनभरि भरिएको दुख, आँसुसँग बगेर गएको ।
  • ध्यानमा स्वयंको अत्याधिक फैलाउ जस्तै सबै कुरा आफूमा समाविष्ट भएको होओस् वा कहीँ धेरै गहिरोमा गएको अनुभूति ।
  • यस्तो अनुभूति हुनु जस्तो सानो हुँदा-हुँदा कुनै दिव्य बिन्दुमा परिवर्तित भएको ।
  • गुरु सियागको धेरै जसो शिष्य यस्ता पनि छन् जसलाई ध्यानको दौडान कुनै पनि अनुभूति हुँदैन न कुनै यौगिक क्रिया न कुनै अनुभव न रुनु न हाँस्नु न त कुनै दिव्य अनुभूति । यस्ता साधकले कसरी बुझ्ने कि उनीहरूको कुण्डलिनी शक्ति जागृत छ? गुरुदेवले भन्नु हुन्छ कि कुनै पनि साधकको लागि धेरै महत्वपूर्ण छ उसमा आउने परिवर्तन । गुरुदेवले भन्नु हुन्छ कि यदि साधकमा साधना पछि पनि उसको व्यक्तित्वमा कुनै परिवर्तन आउँदैन, जस्तो उ पहिले थियो त्यस्तै नै रहिरह्योभने साधकले बुझ्नु पर्छ कि कुण्डलिनी जागरण भएको छैन । साधनामा वा नियमिततामा कहीँ न कहीँ कुनै कमी छ ।
  1. ती साधक जसलाई कुनै पनि अनुभूति हुँदैन उनीहरूले जीवनमा धेरै राम्रो परिवर्तन पाउँछन्। जस्तै –

 निरन्तर नाम-जप (मन्त्र-जप) र ध्यानले वृत्तिमा परिवर्तन आउँछ जस्तै- खाने बानीमा परिवर्तन आउनु, मासु वा रक्सी वा लागू पदार्थ ग्रहण नगर्ने इच्छा, सात्त्विक वा हल्का भोजन गर्ने इच्छा ।

  • सामाजिक जिन्दगी वा सम्बन्धमा परिवर्तन आउनु । बिना धेरै कोसिस गरेर गलत आचरण आफैआफ छुट्नु । स्वयंकोउपस्थितिबाट वरिपरिको वातावरणमा परिवर्तन महसुस गर्नु ।
  • साधनामा अगाडि बढ्नुको साथै आन्तरिक ऊर्जाले नकारात्मक सोचलाई टाढा राख्न थाल्छ । साधकलाई यस्ता व्यक्ति भेटिन थाल्छन् जुन उसको आध्यात्मिक प्रगतिमा सहायक हुन्छन् ।
  • साधकको व्यवहार बदलिन थाल्छ, साधक आफ्नो कार्य वा कमजोरी प्रति अधिक सचेत हुन थाल्छ । जसै-जसै चेतना बढ्न थाल्छ त्यस्तै-त्यस्तै रिस उठ्न कम हुन थाल्छ । साधकले तुरुन्त आफ्नो गल्ती स्विकार्न थाल्छ । सबै प्रति प्रेमपूर्ण हुन थाल्छ । उसको चेतना नकारात्मकताको श्रृंखलालाई तोड्नमा सहायक हुन्छ ।

यस प्रकारका हुने परिवर्तनको सुची असीमित छ । कुण्डलिनी जागरणको कारणले हुने परिवर्तनलाई लिएर पुरा किताब लेख्न सकिन्छ ।

यदि तपाइँलाई कुनै यौगिक क्रिया पनि भइरहेको छैन न त कुनै दिव्य अनुभव भइरहेको छ न त कुनै परिवर्तन– व्यवहारमा, व्यक्तित्वमा, वा दैनिक जीवनमा आइरहेको छ त यो सोच्ने विषय हो कि गल्ती कहाँ भइरहेको छ? यहाँ ती कारणलाई जान्ने कोसिस गर्ने छौं जुन कुण्डलिनी जागरणमा वा साधनामा बाधापुर्‍याउँछन् । केही यस्ता कारणलाई छलफल गर्ने छौं –

नियमित साधना नगर्नू :गुरु सियागले दुई पटक बिहान-बेलुका 15 मिनेटको ध्यान तथा अधिकतम मन्त्र जपको लागि भन्नुहुन्छ । केही साधकले दुई मध्ये कुनै एकलाई छोडी दिन्छन् वा 15 मिनेटको ध्यान गर्दैनन् वा ध्यान एक पटक मात्र गर्छन् वा मन्त्र जप गर्दैनन् । मन्त्र जप केवल ध्यानको समयमा गर्छन् बाँकी समय मन्त्र जप गर्दैनन् । गुरुदेवले भन्नुहुन्छ कि मन्त्र जप कुण्डलिनी जागरणको साँचो हो । यदि तपाइँले पर्याप्त मन्त्र जप गर्नु भएन भने साधनाको परिणाम चाँडो आउँदैन । त्यसै प्रकारले ध्यानमा पनि लापरवाहले परिणाम ल्याउँदैन ।

आफैले आफूलाई धोकामा राख्नु :यस साधना विधिमा स्वयंमा इमानदारी र स्पष्ट हुनु धेरै जरुरी छ । अधिकतम साधकले यो स्विकार गर्दैनन् कि उनीहरू साधना प्रति नियमित छैनन् तथा उनीहरूले GSSY को साधना विधिमा कमी खोज्न थाल्छन् वा सबै कुरा गुरुदेवको इच्छामा हाल्न खोज्छन् । यो धेरै हानिकारक व्यवहार हो । यसको मतलब यो पनि हो कि साधक विकासको लागि स्वयंले जिम्मेवारी लिनुको साटो सबै चीजको जिम्मेवारी गुरुदेव वा योग विधिमा हालेर स्वयंलाई मुक्त राख्न चाहन्छ । यस्ता साधकले पुरा तरिकाले भरोसा,आस्था एवं निष्ठा नराखेर यताउता भौँतारिन्छन् ।

पूर्व ज्ञानको अधिकता :केही व्यक्ति आफ्नो पूर्व ज्ञान – योग दर्शन, तन्त्र विज्ञान, अन्य ध्यानका विधि, चक्र वा अन्य प्रचलित विधिको ज्ञानले भरिएका हुन्छन् र त्यस ज्ञानलाई गुरुदेवको साधनासँग जोडने असफल प्रयास गर्छन् । पछिल्लो भौतिक ज्ञानबाट गुरु सियागको विधिलाई बद्लिने कोसिस गर्छन् । यस कारण ती व्यक्तिहरूको लागि यस साधनामा त्यो भौतिक ज्ञानको कारणले धेरै ठूलो अन्तर हुन आउँछ र उनीहरू गुरु सियागको विधिबाट भ्रमित हुन्छन् ।उनीहरूले केही विशेष अनुभवलाई छाँटेर चुन्छन् वा आफूले बनाएको लक्षलाई स्थापित गर्छन् र त्यही पूर्व ज्ञानको अनुसार परिणाम प्राप्त गर्ने इच्छा राख्छन् । फेरी त्यो पूर्व निर्धारित परिणाम प्राप्त नभएमा शङ्कालु हुन्छन् तथा साधनाको कारणले भएको परिणामलाई महसुस गर्न सक्दैनन् र साधनाको विधिमा दोष खोज्न थाल्छन् ।

यस प्रकारका व्यक्तिहरूलाई गुरुदेवको भनाइ छ कि – यस्ता व्यक्तिले योगलाई धेरै बल्झिएको एवं कठिन बनाइ दिएका छन् जबकी यो धेरै सिधा एवं सरल छ । मान्छे पूर्व ज्ञानको चक्करमा आफैलाई नै बल्झाएर राख्छन्।

आध्यात्मिक प्रश्न

प्रश्न – म नयमित पूजा–पाठ (नमाज, प्रेयर) गर्दथें तर मेरो इच्छा पुरा हुँदैन् थियो, तर यो ध्यान गर्न लागे पछि सबै कुरा ठीक हुन लाग्यो, यस्तो किन? तब पहिले के भगवानको शक्तिले सुन्दैन थिए? यिनी गुरुदेवमा वा यस विधिमा यस्तो के छ जुन सिधै पूजाबाट मिल्दैन थियो?

उत्तर – प्रश्न धेरै गहिरो छ, तपाइँले कहिल्यै सोच्नु भयो कि एउटा सानो बच्चाले आफ्नो बुवासँग जिद्दि गरेर आफ्नो माग पुरा गराउँछ वा उसको जिद्दि देखेर बुवाले स्वयम् नै उसको माग पुरा गरिदिन्छन्। तर जब हामी हाम्रो कुनै प्रार्थना भगवानसँग गर्दछौं तब त्यो पुरा किन हुँदैन? के भगवानमा हामीलाई दिने शक्ति छैन वा हाम्रो प्रार्थना नै भगवान सम्म पुगिरहेको छैन्? अब यो त हुनै सक्दैन कि भगवानमा दिने शक्ति नै छैन्, हाम्रो प्रार्थना नै पुगिरहेको छैनहोला नत्र यो कसरी सम्भव छ कि भगवानसँग हामीले केही मागौं र उहाँले नदिनुहोस्? यसको अर्थ हो कि हामी भगवानको शक्तिसँग जोडिन सकिरहेका छैनौं । अब प्रश्न यो हो कि भगवानको त्यस विशाल शक्तिसँग सम्पर्क कसरी गर्ने?

आकाशबाट तुफानी बर्सातमा लाखौं भोल्टको बिजुली खस्छ तर त्यस बिजुलीबाट हामीले एउटा बल्ब पनि बाल्न सक्दैनौं । तर त्यही लाखौं भोल्ट जस्तै बिजुली, पावर हाउसबाट जब तारको माध्यमद्वारा हाम्रो घरमा आउँछ तब हामीले बल्ब बाल्न सक्छौं । अर्थात् लाखौं भोल्टको बिजुलीको अनियन्त्रित रूप तारद्वारा नियन्त्रित भएर प्रकाश दिन्छ ।

यस्तै प्रकारले हामीले सिधै ईश्वरको विशाल शक्तिसँग सम्पर्क बनाउन सकेका हुदैनौं तथा न त हामीले प्रत्यक्ष ईश्वरीय शक्ति झेल्न सक्छौं । गुरुदेवको ध्यानको तरिकाले हामी र ईश्वरीय शक्तिको बीच एउटा तारले जस्तै कार्य गर्छ । यही कारण हो कि पहिले पूजा-पाठबाट जुन समस्या समाधान हुँदैन थियो त्यो अब गुरुदेवको ध्यानको माध्यमबाट त्यही माथि वालाबाट समाधान हुन थाल्छ ।


प्रश्न – त्यसो भए त कुनै पनि गुरुको तरिकाबाट हाम्रो कार्य हुनु पर्छ, गुरुदेव सियाग नै किन? गुरु सियाग अन्य गुरुहरू देखि अलग कसरी हुनुहुन्छ?

उत्तर – यदि तार पातलो वा सही गुणस्तरको छैन भने पनि बल्ब बल्दैन वा फ्युज उड्छ अर्थात् तारमा पनि लाखौं भोल्ट सहन गर्ने क्षमता हुनुपर्छ । यसै प्रकारले गुरु पनि स्वयम् समर्थ हुनु पर्छ तब मात्रै उसले ईश्वरीय शक्तिको आभास गराउन सक्छ । समर्थको मतलब उपलब्ध, आलोकित, प्रबुद्ध, इन्लाटण्ड, कुण्डलिनी शक्तिलाई नियन्त्रित गर्न सक्ने वाला, सगुण साकार एवं निर्गुण निराकार, दुबै सिद्धि प्राप्त, जस्को फोटोले मात्रले पनि दुनियाँमा कतै पनि ध्यान लाग्ने, जसले तपाइँलाई हरेक प्रकारको बन्धनबाट मुक्त राख्ने, त्यही गुरुले तपाइँको लागि कार्य गर्नेछन् । यो सबै समर्थता (गुण) गुरु सियागमा छ ।

अब प्रश्न छ कि गुरु सियाग अरू भन्दा अलग कसरी त यस्का धेरै कारण छन् । समर्थ गुरु सर्वव्यापी हुन्छन् । जस प्रकारले एउटै सूर्यले पुरा दुनियाँलाई प्रकाश दिन्छ त्यस्तै प्रकारले समर्थ गुरुले पनि, एउटा युगमा एउटै हुन्छन् जुन पुरा विश्वको कुनै पनि कुनामा शिष्यद्वारा ध्यान एवं मन्त्र जप गर्नाले मात्र कृपा गर्न आरम्भ गरिदिन्छन् ।

गुरु सियाग सिद्धयोगमा –

  • कुनै पनि प्रकारकोपूजा-पाठ, माला, रक्षा बन्धन, तिलक, चन्दन, आरती, मिठाई, प्रसाद, नरिवल, व्रत, उपवास, तीर्थ, मन्दिर-मस्जिद आदि कर्मकाण्ड सम्मिलित छैन ।
  • पुरै दुनियाँमा कहीँ पनि गुरुदेवलाई नभेटेर पनि केवल गुरुदेवको फोटोले मात्र पनि ध्यान लाग्छ ।
  • दीक्षाको लागि, गुरुदेवले कहिल्यै आफूसँग आउनको लागि बाध्य पार्नु हुन्न ।
  • मन्त्र दीक्षा, भिडियो/अडियो सी.डी.बाट,टी.भी.बाट,ईमेलबाट पनि पाइन्छ जसले पूर्ण तरिकाले कार्य गर्छ।
  • मन्त्र जप कुनै अर्का (जो स्वयम् गर्नमा असक्षम छन् जस्तै साना नासमझ बच्चा, मानसिक विकृति भएका) को लागि पनि गर्न सकिन्छ ।
  • गुरुदेवले साधकलाईकुनै कोर्स वा ट्रेनिंगसेशनमा उपस्थित हुन भन्नुहुन्न।
  • गुरु सियागकोसिद्धयोगलाई गर्नको लागी योगको कुनै प्रारम्भिक जानकारी आवश्यक छैन ।
  • गुरुदेवले कुनै कुरा छोडन वा बद्लिन भन्नुहुन्न, गुरुदेवको भनाइ छ कि तिमीले नछोड, जुन वस्तु तिम्रो लागि सही छैन त्यसले तिमीलाई छोडेर जानेछ ।
  • कुनै लेन-देनको जरुरत छैन, गुरु सियाग योग पूर्णतः निःशुल्क छ ।
  • गुरुदेवले कुनै प्रत्यक्ष वा अप्रत्यक्ष रूपले दान माग्नुहुन्न, कुनै दर्ता गर्नु पर्दैन ।
  • गुरुदेवले कहिल्यै भन्नुहुन्न कि मलाइ गुरु बनाए पछि कुनै अर्कोलाई गुरु नबनाउनु ।
  • गुरुदेवले यस्तो कहिल्यै भन्नुहुन्न कि गुरुलाई छोड्यौ भने पाप लाग्छ, गुरु सियागले त भन्नुहुन्छ कि मलाइ छोडेर कसै अरूलाई गुरु बनाउ तर तिम्रो काम भएन भने झुकेर मसँग माग्नु ।
  • गुरुदेवले कहिल्यै भन्नु हुन्न कि मलाइ नछोड, उहाँको भनाइ छ मेरो ध्यानले तपाइँको कार्य भएन भने मलाइ छोडेर नयाँ गुरु बनाउनु, कुनै रोक छैन ।
  • गुरुदेवले कुनै पनि प्रकारको पाप-पुण्य, स्वर्ग-नर्कको कुरा गरेर तर्साउनु हुँदैन ।
  • आध्यात्मिकताको नाममा कुनै पनि प्रकारको कथा / कहानी सुनाउनु हुँदैन ।
  • योगको नाममा कुनै कसरत गराउनु हुँदैन ।
  • गुरुदेवले कुनै पनि प्रकारको औषधी वा जडीबुटी बेच्नुहुन्न ।

प्रश्न – गुरुदेवले भन्नुहुन्छ कि ईश्वर प्रत्यक्षानुभूति एवं साक्षात्कारको बिषय हो, कथा प्रवचनको होइन । यस्को तात्पर्य के हो? किनकी आजभोलि त टि. ‍भि. च्यानलमा तथा जतात्यतै आध्यात्मिकताको नाममा कथा–प्रवचन भएको देखिन्छ ।

उत्तर –भगवान, गड, अल्लाह आदि के हुन? कहाँ बस्छन्? कसरी भेटिन्छन्? आदि अनेकौं प्रश्न दिमागमा आइरहन्छन् । यस्को उत्तर पाउनको लागि मन्दिर, मस्जिद, चर्च गएर वा घरमा पूजा-पाठ इत्यादि गरिन्छ। बचपन देखि देख्दै आएका छौं कि बाजे-बज्यै, आमा-बुवा आदिले नियमित पूजा-पाठ, माला जप, व्रत-उपवास, कथा सुन्नु, रामायण पाठ, हनुमान चालिसा, नमाज, प्रेयर, माताको पूजा आदि गर्दै आएका छन् । उहाँहरूले अह्राएकोले र देखासिकी हामीले पनि यो कार्य सुरु गर्यौं । तर यति गरे पछि पनि भगवानको बारेमा न त थाहभयो न त यो बुझ्न सकियो कि के गर्ने? प्राचिनकालमा अधिकांश मनुष्य विभिन्न दैविय शक्तिको स्वामी थिए जबकि शरीरिक रूपमा हामी समान नै थिए । भूत-भविष्यको घटना देख्नु, सुन्नु, इच्छा मात्रले ध्यान-समाधिमा जानु, सोचेको घटित हुनु आदि । यी कुनै जादुई शक्ति थिएनन् । यो त्यस कालका मनुष्यको आन्तरिक दैवीय शक्ति, कुण्डलिनी शक्ति जागृत अवस्था हुनुको कारणले थियो । त्यस कालमा यो साधारण क्रिया मात्र थियो । यस्का कयौं उदाहरण रामायण, महाभारत, कुरान, बाइबल, गीता आदिमा अवस्थित छ । कुण्डलिनी हामी सबैमा पनि छ तर कलियुगको गुणधर्मको कारणले सुतेको छ । यसै कारणले हामी सबै प्रकारको शक्तिहरूबाट हीन भएका छौं । तामसिक शक्ति सबैतिरबाट हाबी भएको छ । बिभिन्न प्रकारको बिमारी पनि, यिनै आन्तरिक शक्तिको क्षीणताको परिणाम हो ।

आज विभिन्न शरीरिक कसरतलाई योगको नाम दिइन्छ जबकी यस योगको वैदिक दर्शनमा वर्णित योगसँग कुनै सम्बन्ध छैन् । सिद्धयोग दर्शनमा शरीर, समर्थ गुरुको ध्यानको दौडानमा, आवश्कता अनुसार आफैआफ आसन एवं प्राणायाम गर्छ । आजका धर्माचार्यहरू अतितको गुणगाण गर्दै त्रेता तथा द्वापर युगको कथा-प्रवचन सुनाउँछन् । कुण्डलिनीको केवल कुरा गर्छन् । यी कथा-प्रवचनबाट न त सुन्नेहरूलाई न त भन्नेहरूलाई नै ईश्वरीय शक्तिको आभास भएको छ । यसलाई उनीहरूले राम्रोसँग बुझ्छन् । कथा-प्रवचन गर्नेहरूले तपाइँलाई कयौं तरिकाले तर्साउँछन् । ईश्वरको नामले त भय टाढा भाग्छ र मनुष्य हरेक प्रकारको बन्धनबाट मुक्त हुन्छ । तर यस समयमा पाप-पुण्य, स्वर्ग-नर्क रूपी काल्पनिक बन्धनले बाँधेर, भयबाट भगवानको अनुभूति गराउँदै, मोक्षलाई समझाउने असफल प्रयास गरिँदैछ ।

समर्थ गुरुले ईश्वरको साक्षात्कार एवं प्रत्यक्ष अनुभूति गराइ दिन्छन् न कि कथा-कहानी सुनाएर मनोरञ्जन गराउँछन् । जस प्रकार पानीको बारेमा केवल कुरा गर्नाले तिर्खा मेटिदैंन्, त्यसै गरि कुण्डलिनीको कुरा गर्नु, पुरातन कालमा भएको घटनालाई तोडमोड गरेर जनतालाई हँसाउनु, मनगढन्त कथा-कहानी सनाउनु तथा मनोरञ्जन गराउनाले ईश्वरको प्रत्यक्षानुभूति एवं साक्षात्कार हुँदैन वा सुन्नेहरूलाई ईश्वरीय शक्तिको महसुस हुँदैन ।

गुरुदेवले कुनै पनि कार्यक्रममा वा उहाँको केवल फोटोमा ध्यान गर्नाले मनुष्यको कुण्डलिनी जागृत गरेर ईश्वरको प्रत्यक्ष अनुभूति गराइ दिनुहुन्छ । 


प्रश्न – मानछेले भन्छन्, गुरु सियाग प्रति पूर्ण निष्ठा तथा धैर्य आवश्क छ एवं समर्पण छ भने परिणाम अवश्य मिल्छ । निष्ठा, धैर्य तथा पूर्ण समर्पणको अर्थ के हो?

उत्तर – मात्र एवं मात्र गुरु सियागको साधना पद्धतिलाई पूर्ण तरिकाले अपनाउनु । साधना आरम्भ गर्नेहरू, यस कुरालाई लिएर चिन्तित हुन्छन् कि कसरी के प्रयास गरेर जप गर्ने? तर केही दिन सम्म मात्रै निष्ठा पूर्वक लगातार प्रयासको आवश्यकता हुन्छ जब केही दिन सम्म लगातार मन्त्रको जप गरिन्छ तब यो स्वतः नै जपिन लाग्छ यद्यपि यो यस कुरामा निर्भर गर्छ कि कति निष्ठा, ईमान्दारी र लगनका साथ प्रयास गरिएको छ । साधकहरूलाई यो कडा निर्देशन दिइन्छ कि यदि तपाइँहरूलाई प्रगति सुस्त लागेमा पनि यसलाई नछोड्नु होला, अन्ततः तपाइँहरूले प्राप्त गर्नुहुनेछ ।

सिद्धयोगमा गुरु सियाग प्रति पूर्ण विश्वास एवं समर्पणको साथै दिक्षामा दिइएको मन्त्रको जप एवं ध्यान शामिल छ । गुरु सियाग एउटा साधकलाई जुन उनको शिष्य बन्न चाहन्छ, एउटा मन्त्र, एउटा दिव्य शब्द दिनु हुन्छ जसलाई चुपचाप (ओठ र जिभ्रो नहल्लाएर) मानसिक रूपले जप गर्नु पर्ने हुन्छ तथा उहाँले भन्नुहुन्छ कि प्रतिदिन ध्यान कसरी गर्ने हो । रोजै ध्यान, मानसिक रूपले मन्त्र जपको साथ हुन्छ । केही दिन सम्म लगातार मन्त्रको जप गर्दै रहनाले अजपा-जप बन्दछ । यो सिधा तरिकाले यस कुरामा निर्भर गर्छ कि तपाइँले कति निष्कपटता, विश्वास तथा तीव्रताका साथ गर्नु भएकोछ । केही साधकमा यो जप एक हप्तामा नै अजपा बन्न सक्छ तथा अन्यमा केही महिना वा अधिक समय पनि लाग्न सक्छ । शिष्यले मन्त्र जपको साथ साथै बिहान बेलुका 15-15 मिनेटको लागि ध्यान पनि गर्नु पर्ने हुन्छ ।


प्रश्न – गुरु सियागले जुन दिव्य मन्त्र दिनुहुन्छ त्यसले कसरी कार्य गर्छ? मन्त्र (नाम–जप) ले कसरी परिवर्तन ल्याउँछ? यो मन्त्र लिन किन जरुरी हुन्छ? यदि मन्त्र लिएको छैन तर कुनै पनि ईश्वरीय शक्तिको नाम–जप गरेर ध्यान गरेमा साधनामा के अन्तर पर्छ?

उत्तर – यदि तपाइँले मन्त्र प्राप्त गर्नु भएको छैन भने तपाइँको समस्याको निदान वा आध्यात्मिक विकास केवल ध्यानको अवधिको दौडानमा मात्र हुन्छ अथवा प्रगति धेरै ढिलो हुन्छ । तर यदि तपाइँले गुरुदेवसँग मन्त्र प्राप्त गर्नुभएको छ तथा निरन्तर मन्त्र जप पनि गर्नु हुन्छ भने प्रगति ध्यानको समय बाहेक मन्त्र जप गर्दा पनि भइरहन्छ, प्रगतिको रफ्तार धेरै तीव्र हुनेछ । तपाइँ गुरुदेवको शक्तिसँग निरन्तर सम्पर्कमा रहनुहुनेछ । जसरी बिजुलीको स्विच देखि उपकरण सम्म तार जोडिएको हुनाले उपकरण चलिरहन्छ त्यसरी निरन्तर नाम-जपले तपाइँ भित्रको विकासलाई लगातार अगाडि बढाउँछ तथा त्यस नाम जपको कारणले त्यस शक्तिले, ध्यानको समय बाहेक पनि लगातार तपाइँसँग कार्य गरिरहन्छ यसैले हरेक दुःखको छिटै समाधान हुन्छ ।

दुनियाँको सबै धर्ममा जतिसुकै विभिन्नता भएपनि तर एउटा कुरामा सबै एकमत छन् कि यस ब्रह्माण्डको उत्पत्ति एउटा दिव्य शब्दबाट भएको हो । बाइबलले पनि भन्छ कि – सृष्टिको आरम्भमा शब्द थियो, शब्द ईश्वरसँग थियो, शब्द ईश्वर थियो । त्यो शब्द ईश्वर सँगै आरम्भ भएको थियो, हरेक वस्तु उद्वारा बनाइएको थियो र उ बिना केही पनि बनाउन सम्भव थिएन, जे पनि बनाइएको थियो त्यसमा नै जीवन थियो त्यो जीवन नै मानवको प्रकाश थियो ।

यस बारेमा श्री अरविन्दले पुस्तक ‘चेतनाको अपूर्व यात्रा’मा लेखेका छन् कि “भारत वर्षमा एउटा गुह्य विद्या विद्यमान छ जसको आधार होनाद तथा चेतना स्तरको अनुरूप स्पन्दन-विधिको भिन्न-भिन्न तरिका ।

उदाहरणको लागि : यदि हामीले ‘‌ॐ’ ध्वनिको उच्चारण गर्यौं भने तब हामीलाई स्पष्ट अनुभव हुन्छ कि त्यसले मूर्धाको केन्द्रलाई घेर्दछ । यसको विपरीत ‘रं’ ध्वनिले नाभि केन्द्रलाई स्पर्श गर्दछ । हाम्रो चेतनाको प्रत्येक केन्द्रको एउटा लोक विशेषसँग सिधा सम्बन्ध हुनाको कारणले केही ध्वनिको जप गरेर मनुष्य उसको समरूप चेतना स्तरसँग सम्बन्ध स्थापित गर्न सक्छ । एउटा सम्पूर्ण आध्यात्मिक अनुशासन यही तथ्यमा आश्रित छ । त्यो ‘तान्त्रिक’ कहलिन्छ किनकी तन्त्र नामक शास्त्रबाट त्यसको उत्पति भएको हो । यी आधारभूत वा मूल ध्वनि जसमा सम्बन्ध स्थापित गर्ने शक्ति निहित रहन्छ, त्यसलाई मन्त्र भनिन्छ । मात्र गुरुद्वारा नै शिष्यलाई उपदिष्ट यो मन्त्र, सदा गोपनीय छ । मन्त्र धेरै थरीका हुन्छन् (चेतनाको प्रत्येक स्तरको धेरै कोटी छन्) र सर्वथा विपरीत लक्ष्यको लागि यसको प्रयोग हुन सक्छ । केही विशिष्ट ध्वनिको सम्मिश्रणद्वारा मनुष्य चेतनाको निम्न स्तरमा, धेरै जसो प्राण-स्तरमा, यिनीहरू जस्तै समरूप शक्तिसँग सम्पर्क जोडेर अनेक प्रकारको बडो नै विचित्रको क्षमता प्राप्त गर्न सक्छन् – यस्ता मन्त्र छन् जुन घातक सिद्ध हुन्छन् ( पाँच मिनेट भित्र भयङ्कर वमन हुन थाल्छ) ठीक-ठीक निशाना बनाएर उनीहरूले शरीरको कुनै पनि भागमा, कुनै अङ्ग विशेषमा प्रहार गर्छन्, फेरी रोगको उपशमन गर्ने वाला, आगो लगाउने वाला, रक्षा गर्ने वाला, मोहिनी शक्ति लगाएर वशमा गर्ने वाला मन्त्र पनि हुन्छन् । यस प्रकारका जादु-टुना वा यो स्पन्द-रसायन, एकमात्र निम्न-स्पन्दको सचेतन प्रयोगको परिणाम हो । तर एउटा उच्चतम जादु जुन कि हुन्छ, स्पन्दको नै व्यवहारद्वारा सिद्ध तर चेतनाको ऊर्ध्व स्तरमा – काव्य, सङ्गीत, वेद तथा उपनिषतका आध्यात्मिक मन्त्र अथवा ती सबै मन्त्र जुन कुनै गुरुले आफ्नो शिष्यलाई चेतनाको कुनै विशेष स्तरसँग, कुनै विशेष शक्ति अथवा दिव्य सत्तासँग सिधा सम्बन्ध स्थापित गर्नको लागि सहायता गर्ने उद्देश्यले उपदेश दिएको हुन्छ । अनुभूति र सिद्धिको शक्ति स्वयम् यस ध्वनिमा नै विद्यमान रहन्छन्– यी यस्ता ध्वनि हुन्छन् जसले हामीलाई अन्तर्दृष्टि प्रदान गर्छन् । 


प्रश्न – गुरुदेवले राधा– कृष्णको मन्त्र दिनुहुन्छ । यस्को अर्थ हो कि म राधा–कृष्णको मन्दिर जान सक्छु र पूजा पनि गर्न सक्छु?

उत्तर – गुरुदेवले जब राधा-कृष्णको मन्त्र दिनुहुन्छ तब राधाको अर्थ हो स्त्री-शक्ति (फिमेल-डिभाइन) अर्थात् कुण्डलिनी शक्ति एवं कृष्णको अर्थ हो पुरुष शक्ति (मेल-डिभाइन) अर्थात् गुरुदेव स्वयम्, समग्रमा ब्रह्माण्डको पुरुष शक्ति तथा कुण्डलिनी वा मातृशक्ति । यसैले आज्ञाचक्रमा गुरुदेवको ध्यान गर्नाले अर्थात् पुरुष शक्तिको ध्यान गर्नाले कुण्डलिनी अर्थात मातृशक्ति माथि उठ्न थाल्छ ।  यसको अर्थ तपाइँले अहिले भएका राधा-कृष्णको मन्दिरलाई नलिनुहोला । केही साधकले गुरुदेव तथा बाजे गुरुदेव (गुरुदेवको गुरु)को साथै राधा-कृष्णको फोटो पनि राख्छन् वा राधा-कृष्णको मन्त्रलाई राधा-कृष्णको पूजा गर्ने रूपमा लिन्छन्। तब यस्तो गर्ने वा अन्य मन्दिरमा पूजा गर्ने वीच कुनै अन्तर रहँदैन । 


प्रश्न – म जब पनि सङ्कटमा हुन्छु तब गुरुदेवको मन्त्रको नाम–जप गर्नाले त्यस सङ्कटबाट छुटकारा पाउँछु तर यो बुझ्न सकिरहेको छैन कि सङ्कट बारम्बार किन आउँछ?

उत्तर –तपाइँको प्रश्नमा नै यस प्रश्नको उत्तर लुकेको छ । तपाइँले कहिल्यै सोच्नु भएको छ कि नाम-जपले सङ्कट गायब हुन्छ, तर सङ्कट आउँछ नै किन? यदि तपाइँले नियमित नाम-जप तथा ध्यान गर्नुभयो भने सङ्कट नै आउँदैन । तपाइँले यसलाई यस प्रकारले बुझ्न सक्नुहुन्छ कि –  तपाइँले गुरुदेवको नियमित ध्यान तथा नाम-जप गर्नुहुन्छ भने तपाइँको चारैतिर एकप्रकारको सुरक्षा घेरा बन्छ । जुन ध्यान तथा नाम-जपको साथसाथै दिनदनै बलियो हुँदै जान्छ तथा अधिकांश समस्या त्यस कवचको कारणले परिवर्तित हुन्छन् र तपाइँ पूर्ण सुरक्षित रहनुहुन्छ । तर यदि तपाइँले नाम-जप वा ध्यान रोकिदिनु हुन्छ वा अनियमित गर्नुहुन्छ भने त्यो सुरक्षा घेरा सुस्तरी कमजोर हुन थाल्छ र त्यसमा प्वाल पर्न थाल्छ जस्को कारणले तपाइँलाई सङ्कटले प्रभावित गर्न थाल्छ । फेरी तपाइँ दुखित भएर नाम-जप सुरु गर्नुहुन्छ जस्को कारणले तपाइँ त्यस सङ्कटबाट फेरी मुक्ति पाउनुहुन्छ । यदि तपाइँले नियमित जप गरिरहनु भयो भने कवच कमजोर हुँदै हुँदैन । जब कवच कमजोर हुँदैन तब सङ्कटले असर नै गर्दैन । कवचकोकार्य प्रणालीलाई तपाइँले यस प्रकारले बुझ्न सक्नुहुन्छ कि कति पटक बिमारी फैलिन्छ तर त्यही बिमारीको बीचमा रहेर पनि साधक बिरामी हुँदैनन् यदि भइहाले भने पनि साधनाको गहनताको आधारमा अतिशीघ्र ठीक हुन्छन् । यस प्रकारले यदि तपाइँ नियमित ध्यान तथा मन्त्र जप गर्नुहुन्छ भने सुरक्षा घेरा कमजोर नै हुँदैन । मन्त्र-जपको कारणले दुःख-कष्ट नै आउँदैन यदि आइहाले पनि शक्तिको घेरासँग ठोकिएर फिर्ता जान्छन् ।


प्रश्न – मानवको शरीर तथा आत्माको के सम्बन्ध छ? कोश तथा चेतनामा के सम्बन्ध छ?

उत्तर –हाम्रा ऋषीहरूले गहन शोध पछि यस सिद्धान्तलाई स्वीकार गरेकाछन् कि जुन ब्रह्माण्डमा छ त्यही सबै कुरा पिण्ड (शरीर) मा छ । यस प्रकार मूलाधार चक्र देखि आज्ञा चक्र सम्मको जगत मायाको र आज्ञा चक्र देखि लिएर सहस्रार सम्मको जगत परब्रह्मको हो ।

वैदिक ग्रन्थमा लेखेको छ कि मानव शरीर आत्माको घर मात्र हो ।

आत्मा सात प्रकारको कोषले ढाकिएको छ :-

  1. अन्नमय कोष:- द्रव्य, भौतिक शरीरको रूपमा जुन भोजन गर्नाले स्थिर रहन्छ, अन्नबाट बनेको
  2. प्राणमय कोष :- जीवन शक्ति, यो पाँचवटा वायुले (प्राण, अपान, व्यान, उदान र समान) बनेको हुन्छ, यस कोषद्वारा सुख-दुखादिको बोध हुन्छ । पाँच कर्मेन्द्रिय ।
  3. मनोमय कोष :- मस्तिष्क जुन स्पष्टतः बुद्धि देखि भिन्न छ । मन, अहंकार तथा कर्मेन्द्रिय यस अन्तर्गत पर्छन् । पाँच ज्ञानेन्द्रिय
  4. विज्ञानमय कोष :- बुद्धिमत्ता, ज्ञानेन्द्रिय र बुद्धिको समूह ।
  5. आनन्दमय कोष :- आनन्द वा अक्षय आनन्द जुन शरीर वा दिमागसँग सम्बन्धित हुँदैन ।
  6. चित्त्मय कोष :- आध्यात्मिक बुद्धिमत्ता ।
  7. सत्त्मय कोष :- अन्तिम अवस्था जुन अनन्तको साथमा मिल्छ ।

मनुष्यलाई आध्यात्मिक रूपमा पूर्ण विकसित हुनको लागि सातै कोषको पूर्ण विकास हुनु अति आवश्क छ ।

प्रथम चार कोष जुन मानवमा चेतन भइसकेका छन् शेष तीन आध्यात्मिक कोष जुन मानवमा चेतन हुन बाँकी छ । उपर्युक्त सात कोषको पूर्ण विकासलाई ध्यानमा राखेर महर्षी श्री अरविन्दले भविष्यवाणी गर्नु भएकोछ कि आगामी मानव जातिले दिव्य शरीर धारण गर्नेछ ।

श्री अरविन्दले आफ्नो फ्रेन्च सहयोगी शिष्याको साथमा जुन माँको नामले चिनिन्थिन, आफ्नो ध्यानको अवस्थाको दौडान यो महसुस गर्नु भयो कि अन्तिम विकास केवल तब हुन सक्छ जब लौकिक चेतना ( जसलाई उहाँले कृष्णको अधिमानसिक शक्ति भन्नु भएकोछ) पृथ्वीमा अवतरित हुन्छ ।


प्रश्न – गुरुदेवको भनाइ छ कि गृहस्थ जीवनमा रहँदै भोग र मोक्ष सम्भव छ । यसको अर्थ यस ध्यानलाई गर्नाले मोक्षको साथ–साथै हामीसँग भोग अर्थात् सुख–सुविधा आफैआफ बढ्छ? वा हामीले प्रशस्त यश आरामको साधन पनि अपनाउनु पर्छ? के भोगको तात्पर्य यही हो?

उत्तर –यहाँ भोगको अर्थ हो – तपाइँले पछिल्लो जन्ममा जानी नजानी जुन पनि राम्रो नराम्रो कर्म गर्नु भएको छ गुरुदेवले त्यो सबै कर्मको भोग यसै जन्ममा भोगाइ दिनु हुन्छ नत्र ती कर्मको भोगको लागि अगाडि थाहाछैन कति जन्म अरू लिनु पर्थ्यो । अर्थात गुरुदेवको यस साधनाले मोक्षको बाटो त खुल्छ नै तथा कर्मको भोग पनि गुरुदेवले यसै जन्ममा समाप्त गरि दिनुहुन्छ । तपाइँले भोगको तात्पर्य एश-आरामसँग लगाउनु हुँदैन तर तपाईको भौतिक प्रगति तपाइँको साधना अनुसार आफैआफ हुँदै जान्छ । यसको लागि तपाइँले केवल मनले प्रार्थना, ध्यान तथा नाम-जप गर्नु पर्छ ।


प्रश्न – मैले देखेको छु कि कति मान्छेलाई गुरुदेवको यस साधनाले धेरै छिटो फाइदा हुन्छ, मलाइ यस्तो फाइदा किन हुँदैन? मैले पूजा–पाठ तथा अन्य कर्मकाण्ड गर्नुको साथ–साथै गुरुदेवको साधना पनि पुरा मनले गरिरहेको छु । कृपया स्पष्ट उत्तर दिनुहोला ।

उत्तर –तपाइँले मनन गर्नु भयो भने पाउनु हुनेछ कि जति प्रतिशत वा भाग तपाइँले गुरुदेव बाहेक अर्को पद्धति वा पूजा-पाठमा अल्झिनु भएकोछ त्यति नै भाग बराबर तपाइँको श्रद्धा बाँडिएको कारणले फाइदा सुस्तरी वा कम हुन्छ । यदि तपाइँ दुईमा बाँडिनु हुन्छ भने फाइदा पनि आधा गतिले हुन्छ । गुरुदेवले भन्नुहुन्छ कि तिमीहरूले ध्यान तथा नाम-जप बाहेक बाँकी सबै म माथि छोडी देउ, अरू केही नगर्न भन्नुहुन्छ । तब तपाइँ स्वयंले मनन गर्नुस् कि तपाइँले के गरिरहनु भएकोछ? पुराना साधकको अनुभवको आधारमा तपाइँले स्वयम् निष्कर्ष निकालनुस कि तपाइँलाई वाञ्छित परिणाम सुस्तरी तथा कम किन मिलिरहेकोछ?

एकै प्रकारका बिमारीका 3 साधकले आफ्नो अनुभव सुनाए । पहिलोले भन्यो कि म 2 वर्ष देखि गुरुदेवको नियमित ध्यान गर्दैछु र घरको मन्दिरमा पनि पूजा गर्छु । मेरो रोग 2 वर्षमा 20 प्रतिशत ठिक भएको छ ।

अर्को साधकले भन्यो कि – म 1 वर्ष देखि गुरुदेवको नियमित ध्यान गरिरहेको छु तथा कुनै खास पूजा त गर्दिन तर सबैलाई धुप बाल्छु मेरो बिमारीमा 1 वर्षमा 50 प्रतिशत ठीक भएको छ ।

तेस्रो साधकले भन्यो कि – मैले 3 महिना देखि गुरुदेवको नियमित ध्यान गरिरहेको छु तथा मेरो बिमारीमा 3 महिनामा 90 प्रतिशत आराम भएको छ । उसलाई पूजा-पाठको बारेमा सोध्दा भन्यो कि – यदि त्यसबाट फाइदा भइरहेको भए गुरुदेवको साधना गर्ने जरुरत नै के थियो? त्यसो भए त्यही सबै कर्मकाण्डमा अल्झिनु धेरै राम्रो थियो । अब त म सबै कुरा छोडेर सारा भगवान तथा पूजा-पाठ यिनै गुरुदेवमा देख्छु । सबै कुरा राम्रो-नराम्रोको चिन्ता यीनै गुरुदेवमा छोडी दिएकोछु । गुरुदेवले पूजा-पाठ बन्द गर्न भन्नु भएको छैन भने गर्न पनि भन्नु भएको छैन ।

अब तपाइँ स्वयंले निर्णय गर्नुहोस् कि उपरोक्त तीनटै साधकलाई अलग-अलग परिणाम किन मिलिरहेको छ? जसको जति श्रद्धा बाँडिएको छ त्यसै अनुसार परिणाम आइरहेको छ । तपाइँलाई तपाइँको प्रश्नको उत्तर मिल्नेछ । गुरुको प्रति जति समर्पण त्यति नै परिणाम । तपाइँले यो पनि ध्यान राख्नुहोस् कि जब कुनै कार्य गर्नु छैन भने त्यसको लागि एउटा होइन दसवटा बहाना बनाउन सकिन्छ र कार्य गर्नु छ भने केवल इच्छा नै काफी छ । यस प्रकारले कुनै पनि पुराना कर्मकाण्ड वा आडम्बरलाई निरन्तर जारी राख्नको लागि एउटा होइन बीसवटा बहाना बनाउन सकिन्छ र त्यसलाई छोड्नु छ भने केवल गुरुदेवको ध्यान तथा नाम-जपको एक मात्र इच्छा नै धेरै छ । 


प्रश्न – कति गुरु–भाइ वा गुरु–बहिनी आपसमा विरोध गर्छन्, तब मन दुःखित हुन्छकि के गर्ने । केही भनौं भने अरूको मन दुखी हुन्छ तथा अनावश्यक तनाव बढ्छ । यस्तो स्थितिमा के गर्नु पर्छ?

उत्तर –यो धेरै अनुभव तथा चिन्तनको कुरा हो, यदि विरोधी गुरु-भाइ वा गुरु-बहिनी हुन र तपाइँलाई गुरुमा भरोसा छ भने तपाइँले फर्केर कुनै पनि प्रकारको विरोध नगर्नुहोला । यदि तपाइँले धैर्य राख्नु भयो भने केही समय पछि पाउनु हुनेछ कि भएको विरोधले पनि तपाइँको कुनै बिग्रेको कामलाई बनाइ दियो नत्र त्यो काम सम्भव हुँदैन थियो । किनकी विरोधमा पनि गुरुको शक्तिले कार्य गरिरहेको छ (त्यही भएर तिनिहरू गुरु-भाइ वा गुरु-बहिनी हुन)। यसलाई यस प्रकारले पनि बुझ्न सकिन्छ – यदि कुनै व्यक्ति एक पटक गुरुदेवको शिष्य बनेमा र नियमित नाम-जप र ध्यान गरेमा, त्यस व्यक्तिले न त हुने वाला दुःखको न त हुने वाला विरोधको चिन्ता गर्नु पर्छ न त विरोधीलाई फर्केर जबाफ दिने चिन्ता गर्नु पर्छ । यदि गुरुदेवमा पुरा भरोसा छ भने हामीले कुनै पनि दुःख वा विरोधीको कुनै कुरा वा व्यवहारको भित्रबाट पनि नराम्रो मान्नु हुन्न । कति पटक हुने वाला दुःख वा हुने वाला विरोध वास्तविकतामा दुःख वा विरोध हुँदैन । यस्ता दुःख वा विरोध, शक्तिले गुरु प्रति समर्पणको परीक्षा लिनको लागि पनि गराउँछ वा यस्तो भनौं कि यस्तो स्थितिमा आफ्नो धैर्यको परीक्षा पनि भइ हाल्छ कि हाम्रो मनमा गुरु प्रति कति समर्पण छ । हामी कुन स्तर सम्म शान्त रहेर स्वयंले विरोधको ढुङ्गा नउठाएर बस्न सक्छौं किनकी विरोधीको भित्र पनि गुरुको नै शक्तिले कार्य गरिरहेको छ । यदि हामी विपरीत परिस्थितिमा पनि दुःख वा विरोधको चिन्ता नगरेर गुरु प्रति पूर्ण समर्पण राखेर आफ्नो कार्य गर्न सक्यौं भने हुने वाला दुःख तथा विरोधीलाई पनि धन्यवाद दिन मन लाग्नेछ कि उनीहरूको कारणले हामी आफैले आफूलाई गुरु प्रतिको समर्पण जाँच्ने मौका मिल्यो । यस्तो दुःख वा विरोधको प्रति निर्विकार रहन सक्नु साधनाको नै हिस्सा हो । गुरुदेवको कुनै पनि शिष्यलाई यदि गुरुदेवमा पुरा भरोसा छ भने उसले सदा यो दोहा याद राख्नु पर्छ “जो तोकूकांटाबुवे, ताहिबोवतू फूल, तोहि फूलको फूल है, बाको है तिरशूल” ।

कति पटक गुरुदेवको साधकलाई विपरीत परिस्थितिको सामना गर्नु पर्छ, तब मनले भन्छ कि विरोधको जबाफ दिउँ, विरोधको जबाफ दिएन भने यसको अर्थ हामी गलत छौं र विरोधी सही छन् । यो हाम्रो अहंकार नै हो जुन विरोधको उत्तर नदिन सक्ने स्थितिमा अपमानित महसुस गर्छ । यस अपमानको अगाडि हामीले गुरुदेवको शक्तिलाई पनि कम ठान्छौं र स्वयम् नै विरोधको ढुङ्गा उठाउँछौ । जबकी हामी सबै गुरुदेवको शक्तिको लागि यति समर्पित हुनु पर्छ कि विरोधको चिन्ता नगरेर गुरुदेवको कार्य गरिरहौं, विरोधको जबाफ दिने चिन्ता पनि गुरुदेवमा छोडी दिऔं. । तर कहिले काहीँ यति धैर्य हुँदैन र मन विरोधीलाई जबाफ दिने दिशामा लाग्छ । जुन ऊर्जा गुरुदेवको कार्यमा लगाउनु पर्थ्यो त्यो विरोधीलाई जबाफ दिनमा लाग्छ र हामी सोच्छौं कार्यमा बाधा किन आइरहेको छ ।

यदि हाम्रो समर्पण गुरुदेव प्रति पूर्णतः भयो भने आउने हरेक दुःख-कष्ट वा विरोधलाई गुरुदेवको ईश्वरीय शक्ति/सत्ताले आफैआफ सम्हाल्छ । यस कुरालाई एउटा सानो दृष्टान्तबाट बुझ्न सकिन्छ – एक पटक भगवान कृष्ण आफ्नो महलमा भोजन ग्रहण गर्दै हुनुहुन्थ्यो र पत्नी रुक्मिणीज्यू पनि सँगै हुनुहुन्थ्यो । कृष्णजीले अचानक भोजनको गाँस थालमा छोडेर ढोका तिर दौडेर जानु भयो र एक्कासि फर्केर पुनः भोजन गर्न थाल्नु भयो । रुक्मिणीजीले कारण सोध्नुभयो तब कृष्णजीले भन्नु भयो – ” बाहिर एउटा निहत्था मान्छेलाई धेरै जना मान्छे मिलेर ढुङ्गाले हिर्काउँदै थिए त्यसैले उसको रक्षा गर्नको लागि दौडेको ” । रुक्मिणीजी रनभुल्लमा थिइन् कि कृष्णजी ढोका सम्म पुगेर किन फर्किनु भयो यसैले उनले सोधिन “तपाइँ ढोका सम्म पुगेर किन फर्केर आउनुभयो? रक्षा किन गर्नुभएन?” कृष्णजीले भन्नुभयो ” जब म उसको रक्षा गर्नको लागि ढोका सम्म पुगेँ तब सम्म त्यस व्यक्तिले नै स्वयम्‌को रक्षा गर्नको लागि आफ्नो हातमा ढुङ्गा उठाइ सकेको थियो त्यसैले म फर्केर आएँ, उसलाई मेरो रक्षाको कुनै जरुरत थिएन” ।

यस दृष्टान्तबाट यो थाह हुन्छ कि यदि हामीले गुरुको शक्तिमा विश्वास गर्यौं भने हरेक सङ्कटबाट गुरुले बाहिर निकाल्नुहुन्छ तर हुन्छ उल्टो, हामीले हाम्रो बुद्धिको प्रयोग गरेर त्यस सङ्कटबाट स्वयंको प्रयासबाट बाहिर निस्किन चाहन्छौं । यस्तो गर्नाले असफल त हुन्छौं नै साथै गुरुको कृपाबाट पनि वञ्चित रहन्छौं ।


प्रश्न – जामसर जाने सम्बन्धमा कुनै नियम वा निर्देश छ र?

उत्तर –गुरुदेवको तर्फबाट यस बारेमा कुनै बन्धन छैन । प्राय शिष्य बाजे गुरुदेव श्री गंगाईनाथजीको वार्षिकीमा जामसर जान्छन्, त्यसो त कुनै बेला पनि जान सकिन्छ । जामसरमा अरू पनि केही मन्दिर तथा समाधि छन् तर धेरै उचित हुन्छ कि तपाइँ केवल बाजे गुरुदेव श्री गंगाईनाथजीको समाधिको मात्र दर्शन गरेर फर्किनुहोला । त्यहाँ अरू पनि कर्मकाण्डी बस्छन् तसर्थ धेरै उचित हुन्छ कि न त उनीहरूलाई भेट्नुहोला न त उनीहरूबाट कुनै कुरा ग्रहण गर्नुहोला । तपाइँ त्यहाँ गएर कुनै पनि प्रकारको कर्मकाण्डमा अल्झिनु हुँदैन । 

जानकारी :-जामसर भारतको राजस्थान प्रान्तकोबिकानेरशहर देखि 27कि.मी. उत्तर दिशामा अवस्थित एउटा सानो गाउँ हो जहाँ बाजे गुरु श्री गंगाईनाथजीको आश्रम तथा समाधी स्थल छ।