Nepali-नेपाली

Best Meditation Method in Nepali-नेपाली

गुरु सियाग योग (GSSY) को अभ्यास

गुरु सियाग योगमा ध्यान र मन्त्रको मानसिक जप गरिन्छ । यस योग पद्धतिमा शक्तिपात दीक्षा बाट गुरुदेवद्वारा दिइने मन्त्र संजीवनी मन्त्र हो । यस मन्त्रको जप बाट कुण्डलिनी शक्ति जागृत हुने प्रक्रिया आरम्भ हुन्छ । प्राचीन कालमा गुरुले जीवन भरि जपेर त्यस मन्त्रलाई आफ्नो कुनै एक योग्य शिष्यलाई दिनु हुन्थ्यो, फेरि त्यस शिष्य (अघिल्लो गुरु) द्वारा त्यो मन्त्र अरू अगाडिको लाई दिइन्थ्यो । यस प्रकार मन्त्रमा अनेक गुरुहरूको साधनाको ऊर्जा भरिएको छ । तर यस युगमा यो मन्त्र मानव मात्र सम्ममा पुगाउनु जरुरी भइसकेको छ । ध्यानको तरिका एवं यो मन्त्र (गुरु सियागको आवाजमा) अडियो / भिडियो क्लिप, गुरु सियाग योगको वेबसाइटमा उपलब्ध छ । ध्यान दिनमा 15–15 मिनेटको दुई पटक बिहान र बेलुका गरिन्छ । बाँकी समयमा मन्त्रको अधिकतम जप गर्नु पर्छ । मन्त्रको लगातार जप गर्नाले केही समय पछि मन्त्र अजपा जपमा परिवर्तित हुन्छ ।यद्यपि यो साधकको ध्यान र नाम जपको लगनमा निर्भर हुन्छ । गुरु सियाग योग पूर्ण रूपले निःशुल्क (फ्री) छ ।

ध्यानको स्टेप बाइ स्टेप बिधि

  • सजिलो तरिकाले आराम दायक स्थितिमा बस्नुहोस् । सजिलो तरिकाले तपाइँ कहीँ पनि कुनै पनि स्थितिमा बस्न सक्नु हुन्छ । पलेटी कसेर फर्शमा, कुसनमा, योग म्याटमा, कार्पेटमा वा जमिनमा कतै पनि बस्न सक्नु हुन्छ । यदि पलेटी कस्न सक्नुहुन्न भने कुर्सी वा सोफामा बस्न सक्नु हुन्छ । कोही बिरामी वा बस्न नसक्ने हुनु हुन्छ भने सुतेर पनि ध्यान गर्न सक्नु हुन्छ । शरीरलाई सजिलो स्थितिमा हलुका राखेर बस्नुहोस्, शरीरलाई कडा वा तन्काएर नबस्नुहोला । शरीर धेरै तन्काएर बसेमा ध्यान(मन)शरीरको थाकेको भागमा जान्छ, आराम दायक स्थितिमा बसेमा मन शरीर तिर जाँदैन ।
  • आँखा बन्द गर्नुहोस् र गुरुदेवसँग ध्यानको सहायताको लागि प्रार्थना गर्नुहोस् । धेरै जसो साधक अलार्म नलगाएर लगभग 15 मिनेटमा ध्यानबाट बाहिर आउँछन् । यदि सुरुमा समयको अप्ठेरो लागेमा केही दिन सम्म 15 मिनेटको लागि अलार्म लगाउन सक्नु हुन्छ ।अलार्म मधुरो स्वरमा राख्नुहोला जसले किअलार्म बज्दा ध्यानबाट सजिलै बाहिर आउन सकियोस् ।
  • गुरुदेवको फोटोलाई केही समय सम्म हेर्नुहोस् की गुरुदेवको फोटो तपाइँलाई याद रहोस् । त्यस पछि आँखा बन्दगरेर मनै मनमा गुरुदेवसँग प्रार्थना गर्नुहोस्”हे गुरुदेव मलाई 15 मिनेट ध्यानमा सहायता गर्नुहोस्”। आँखा बन्द गरेकै स्थितिमा गुरुदेवको चित्र दुबै आँखीभौँको मध्य(तेस्रो आँखा) मा सोच्नुहोस् । अर्थात तपाइँले गुरुदेवको चित्रलाई निधारमा कतै सोच्नु छ ।उदाहरणको लागि तपाइँको आफ्नो कुनै साथी वा कुनै आफन्तलाई सम्झिनु भयो भने तुरुन्त त्यस व्यक्तिको मुखाकृति तपाइँको मनमा आउँछ त्यो मुखाकृति निधारको कुनै भागमा आउँछ त्यस्तै प्रकारले गुरुदेवको चित्रलाई सम्झिनुहोस् ।
  • गुरुदेवको चित्रलाई सम्झँदै मनै मनमा 15 मिनेटको लागि गुरुदेवद्वारा दिइएको मन्त्रको जप गरिराख्नुहोस् ।आवाज ननिकालेर मनै मनमा, जिभ्रो र ओठ नहल्लाएर मानसिक जप गर्नुहोस् । मन्त्रको स्पष्ट र सहि उच्चारण मध्यम गतिले मनै मनमा गर्नुहोस् । धेरै सुस्त मन्त्र जप गरेमा मन भौँतारिने सम्भावना हुन्छ भने तीव्र गतिले जप गरेमा शब्दको उच्चारण गलत हुन सक्छ । यस प्रकारले15 मिनेट पछि तपाइँ स्वतः आफै ध्यानबाट बाहिर आउनु हुनेछ ।
  • ध्यानको समयमा तपाइँलाई केही शरीरको यौगिक अनुभव हुन सक्छन् वा मूवमेंट्स(गति) हुन सक्छन् जस्तै अगाडि पछाडि झुक्ने, टाउको अगाडि पछाडि हल्लिने, प्राणायाम हुनु, ताली बजाउनु, मुखबाट आवाज निस्कनु, आसन, मुद्रा आदि लाग्नु कुनै पनि अनुभव हुन सक्छन् । यो शरीरको आवश्यकता अनुसार आफैआफ हुन्छ । साधकले यसलाई स्वेच्छाले गर्ने वा रोक्ने इच्छा गर्नु हुन्न ।
  • कति व्यक्तिलाई कम्पन, प्रकाश वा रङ्ग देखिन्छ । यो आध्यात्मिक मार्गमा अगाडि बढ्ने सङ्केत हो।
  • यदि तपाइँलाई उपरोक्त मध्ये कुनै पनि अनुभव नभएमा यो नमान्नू होला कि तपाइँको प्रगति भइरहेको छैन हुन सक्छ कि तपाइँको विकासको लागि त्यो अनुभवको आवश्यकता नहोस् ।
  • यो ध्यान दिनमा दुई पटक बिहान र बेलुका 15-15 मिनेटको लागि गर्नु पर्छ र बाँकी समय अधिकतम नाम जप गर्नु पर्छ ।

मन्त्र कसरी प्राप्त गर्ने?

http://gurusiyag.org/online-initiationshaktipat-diksha/

GSSY को फाइदाहरू

गुरु सियाग योग (GSSY) को आध्यात्मिक पक्ष

  • यो जिउँदै नै मोक्ष एवं मानवको दिव्य रूपान्तरणको मार्ग हो,अर्थात् आत्मा देखि परमात्मासँग मिल्ने मार्ग भएकोले कुलत एवं चिन्ता त स्वतः हराउन लाग्छन् ।
  • यस साधनाले पतञ्जलिको अष्टाङ्ग योगको साक्षात्कार सरल एवं सजिलै तरिकाले गराउँछ ।
  • केही समयको साधना पश्चात् साधक अजपा जपको स्थितिमा आउँछ र मन्त्र जप आफै जपिन लाग्दछ ।
  • आध्यात्मिक विकासको क्रममा साधकले अनाहत नाद सुन्न लाग्दछ जसले उसलाई कुनै पनि परिस्थितिमा गृहस्थ जीवनमा रहँदै आन्तरिक शान्ति तिर लैजान्छ । नाद आउनु / सुन्नु आध्यात्मिक विकासको महत्वपूर्णकडी हो ।
  • GSSY द्वारा साधकलाई अनेक सिद्धिहरू प्राप्त हुन्छन् जस्तै अन्तर्ज्ञान जसमा साधकले अनिश्चित भूत एवं भविष्यको घटनाहरू देख्न एवं सुन्न सक्दछ ।
  • केही साधकहरूलाई खेचरी मुद्रा लाग्दछ जसमा जिभ्रो पछाडि तिर तानिन्छ र एउटा रस चुहिन्छ जसलाई योगीहरूले अमृतको संज्ञा दिएका छन् । यसको कारणले कति असाध्य रोग ठीक हुन्छन् ।
  • GSSY साधनाबाट वृत्ति परिवर्तन (तामसिक वृत्ति बाट सात्त्विक वृत्तिमा परिवर्तन) हुनाले व्यक्तित्वको रूपान्तरण हुन लाग्दछ ।
  • निरन्तर गहन साधनाले साधकले जिउँदै मोक्षको अवस्था प्राप्त गर्न सक्दछ ।

गुरु सियाग योग (GSSY) को फाइदा

  • नियमित ध्यान एवं मन्त्र जप गर्नाले साधकको कुण्डलिनी जागृत हुन्छ जसले उसको आध्यात्मिक प्रगति हुन्छ ।
  • कुनै पनि प्रकारको शारीरिक बिरामी तथा कुलतबाट बिना कष्ट छुटकारा सम्भव ।
  • तनाव, चिन्ता, झन्किने-सन्कने, निन्द्रा नलाग्ने,डिप्रेशन,डर तथा मानसिक समस्याहरू बाट छुटकारा सम्भव ।
  • केटाकेटी एवं विद्यार्थीहरूको एकाग्रता तथा स्मरण शक्ति बढाउनमा सहायक, केटाकेटीहरूको लुकेको प्रतिभाको विकास ।
  • पारिवारिक,व्यावसायिक, शैक्षिक एवं आर्थिक समस्याबाट सम्बन्धित समस्याहरूबाट राहत ।
  • दैनिक जीवनको भाग दौड बाट हुने वाला शारीरिक एवं मानसिक थकाइ कम गर्नमा सहायक ।
  • जीवनको प्रति उमङ्ग, उत्साह, सन्तोष एवं आत्मविश्वास बढाउनमा सहायक ।
  • पूर्व जन्मको संस्कारबाट यस जन्ममा हुनेवाला कष्टबाट छुटकारा ।
  • भूत-प्रेत, जादु-टुना, आँखा लाग्नु, तन्त्र-मन्त्र, हावा लाग्नु आदि समस्याहरूबाट मुक्ति ।

नशा (कुलत) बाट मुक्ति

प्रत्येक व्यक्तिमा तीन प्रकारको वृत्तिहरू हुन्छन् सात्त्विक (शुद्ध, शान्त,प्रकाश),राजसिक ( आवेश पूर्ण, तीव्र, क्रोध शील), तामसिक (निष्क्रिय, नकारात्मक, अज्ञानी, अल्छी) । यी वृत्तिले कसैको पनि व्यक्तित्व निर्धारित गर्दछ, वृत्तिको आधारमा नै व्यक्तिको जिन्दगी, उसको कर्म,सोख आदि हुन्छन् । व्यक्तिको खानपान पनि उसको वृत्तिको आधारमा हुन्छ । जस्तै तामसिक वृत्ति प्रभावशाली  भएमा व्यक्तिनशालु पदार्थको सेवक हुन्छ । ध्यान एवं नाम जपले मनुष्यको वृत्तिमा परिवर्तन आउँछ  । मान्छेलाई निरन्तर नाम-जपले नामको यस्तो नशा चढ्दछ कि त्यसता बस्तुहरूको नशा खाने जरुरत नै समाप्त हुन्छ । जसले अखाद्य वस्तुहरू तथा नशा आफैआफ छुट्छन् । नशा तपाइँले होइन् तपाइँको भित्रको तामसिक वृत्तिले माग्दछ । यस ध्यानले तामसिक वृत्ति, सात्त्विक वृत्तिमा परिवर्तित भइ हाल्छ एवं अनुचित वा शरीरको लागि अनुपयोगी / हानिकारक वस्तु आफैआफ छोडेर जान्छन् । यस सम्बन्धमा स्वामी विवेकानन्दजीले अमेरिकामा भन्नु भएको थियो “वस्तुलाई तपाइँले छोड्ने होइन त्यसले तपाइँलाई छोडेर जान्छ” । सबै प्रकारको नशालु पदार्थ जस्तै रक्सी, अफिम,स्मेक,हेरोइन,भाँग, बिँडी, चुरोट, गुटका, सुर्ती आदिबाट कुनै दुःख बिना छुटकारा मिल्दछ । कुनै पनि खाद्य पदार्थबाट विवशता जस्तो निर्भरता आफैआफ हट्छ र कुनै साइडइफेक्ट पनि हुँदैन । जस्तै कोही पनि थसुल्लो (मोटो) हुन चाहन्न तर खाने लत (वास्तवमा शरीरको माग) छुट्दैन । यस ध्यान र नाम जपले वजन घटाउन मद्दत गर्न लाग्दछ । खानपान तपाइँको नियन्त्रणमा आउन लाग्दछ । यस्ता कुनै पनि लत / व्यसन जसलाई तपाइँ छोड्न चाहनु हुन्छ यस ध्यान र जपबाट स्वतः छुट्छन् ।

आज सम्पूर्ण विश्वमा भयङ्कर तनाव व्याप्त छ । अतः आज विश्वमा मानसिक रोगीको सङ्ख्या अत्याधिक छ खास गरेर पश्चिमी जगतमा । भौतिक विज्ञानसँग मानसिक तनाव शान्त गर्ने कुनै उपयुक्त विधि छैन । भौतिक वैज्ञानिक मात्र नशाको सहाराले मानवको दिमागलाई शान्त गर्ने असफल प्रयास गरिरहेको छ । औषधीको नशा ओर्लिने बित्तिकै तनाव पहिलेको जस्तै रहन्छ तथा त्यससँग सम्बन्धित रोग यथावत् रहन्छन् । वैदिक मनोविज्ञान अर्थात् गुरु सियाग योग मानसिक तनावलाई शान्त गर्ने क्रियात्मक विधि भन्दछ । भौतिक विज्ञानको जस्तै भारतीय योग दर्शनले पनि “नशा” लाई पूर्ण उपचार मान्दछ तर त्यो “नशा” ईश्वरको नामको हुनु पर्छ कुनै पनि भौतिक पदार्थको होइन ।

तनाव बाट मुक्ति

मेडिकल विज्ञानसँग तनावबाट मुक्ति पाउने उपाय निन्द्रा वा दुखाइको गोली हो । नशा गुरु सियाग योगले पनि गराउँछ तर त्यो नशा ‘नाम’को हो । मन्त्रको निरन्तर जप गर्नाले नामको नशा चढ्न थाल्दछ । जसले मानसिक रोग जस्तै भय, चिन्ता,अनिन्द्रा, आक्रोश, तनाव,डिप्रेशन,फोबिया(डर) आदिबाट स्वतः नै मुक्ति मिल्न लाग्दछ । मानसिक चिन्ता, तनाव वा आक्रोशको कारण जस्तै नोकरी, विवाह, परिवार, आर्थिक, अफिस सम्बन्धी, सन्तानसँग सम्बन्धित, अड्डा-अदालत, तन्त्र-मन्त्र आदि केही पनि हुनसक्छ । नियमित ध्यान र नाम जपले केही दिनमै तपाइँको सहायता आरम्भ गरिदिन्छ ।

ध्यानमा तपाइँको आफ्नो समस्याको हल देखिन लाग्छ जसले तपाइँको तनाव र आक्रोश घट्न सुरु हुन्छ । समस्याको हल ध्यानमा अचानक, वा कुनै व्यक्ति द्वारा, कसैको फोन द्वारा, कुनै पुस्तक द्वारा, वा कुनै पनि माध्यमबाट हुन थाल्दछ । GSSYले मनोवैज्ञानिक एवं भावनात्मक असन्तुलनलाई टाढा गरेर शरीरलाई पूर्ण स्वस्थ बनाउँछ ।

शारीरिक रोगहरू बाट मुक्ति

आधुनिक चिकित्सा विज्ञानमा मानव शरीरमा मुख्यतः दुई प्रकारको बिमारी हुन्छन् – शारीरिक एवं मानसिक । जसलाई डाक्टरले आन्तरिक रूपले वा बाहिरी रूपले औषधी, थेरापी द्वारा उपचार गर्छन् । प्राचीन कालका योगीहरूले ध्यानको अनुभवको आधारमा भनेका छन् कि मानव शरीरमा बिमारीहरू उसको वर्तमान वा भूतकालको कर्मको आधारमा हुन्छ। व्यक्तिको प्रत्येक क्रिया (एक्शन) को प्रतिक्रिया (रिएक्शन) (कर्मको फल) हुन्छ जसको असर या त त्यही जन्ममा या अर्को जन्ममा हुन्छ ।  मानव मात्र जीवन-मृत्युको चक्रमा बाँधिएको छ र उसलाई कर्मको आधारमा जीवनको अनुभव हुन्छ । यो प्रकृतिको नियम हो । व्यक्ति जीवन-मरणको यीनै चक्रमा फसि रहन्छ ।

गुरु सियाग योगको साधनाले साधक, कर्मको बन्धन बाट मुक्त हुन थाल्दछ र समर्थ गुरुको विधि हुनाले कष्ट सजिलो तरिकाले कट्न लाग्दछ तथा साधनाको कारणले अगाडि गलत कर्म हुँदैन । आत्म साक्षात्कार हुनाले साधक कर्मफलको इच्छाबाट सजिलै मुक्त हुन लाग्दछ । पतञ्जलि योग सूत्रमा शारीरिक (आदिदैहिक), एवं मानसिक (आदिभौतिक) को साथसाथै स्प्रिचुअल (आध्यात्मिक) बिमारी (आदिदैविक) पनि भनिएको । स्प्रिचुअल बिमारीलाई स्प्रिचुअल उपचारको आवश्यकता हुन्छ । नियमित ध्यान एवं नाम जपले साधकको स्प्रिचुअल बिमारी पनि शीघ्र ठीक हुन्छ ।

गुरुदेव सियाग योग (GSSY) मा

  • कुनै पनि प्रकारकोपूजा-पाठ, माला, तिलक, चन्दन, आरती, मिठाई, प्रसाद, नरिवल, व्रत, उपवास, तीर्थ, मन्दिर-मस्जिद आदि कर्मकाण्ड सम्मिलित छैन ।
  • पुरै दुनियाँमा कहीँ पनि गुरुदेवलाई नभेटेर पनि केवल गुरुदेवको फोटोले मात्र पनि ध्यान लाग्छ ।
  • दीक्षाको लागि गुरुदेव कहाँ जानु पर्ने आवश्यकतापर्दैन ।
  • मन्त्र दीक्षा भिडियो / अडियो सी.डी.बाट,टी.भी.बाट,ईमेलबाट पनि पूर्ण तरिकाले कार्य गर्छ।
  • मन्त्र जप कुनै अर्का (जो स्वयं गर्नमा असक्षम छन् जस्तै साना नासमझ बच्चा, मानसिक विकृति भएका) को लागि पनि गर्न सकिन्छ ।
  • कुनै कोर्स वा ट्रेनिंगसेशनमा उपस्थित हुनु आवश्यक छैन ।
  • गुरु सियागको सिद्धयोगलाई गर्नको लागी योगको कुनै प्रारम्भिक जानकारी आवश्यक छैन
  • कुनै कुरा नछोड, जुन वस्तु तिम्रो लागि सही छैन त्यसले तिमीलाई छोडेर जानेछ ।
  • कुनै लेन-देनको जरुरत छैन, गुरु सियाग योग पूर्णतः निःशुल्क छ, कुनै प्रत्यक्ष वा अप्रत्यक्ष रूपले दान छैन, कुनै दर्ता गर्नु पर्दैन ।
  • कुनै पनि प्रकारको पाप-पुण्य, स्वर्ग-नर्कको कुरा गरेर डराइँदैन ।
  • आध्यात्मिकताको नाममा कुनै पनि प्रकारको कथा / कहानी सुनाइँदैन ।
  • योगको नाममा कुनै कसरत गराइँदैन ।
  • कुनै पनि प्रकारको औषधी वा जडीबुटी बेचिँदैन ।

शक्तिपात दीक्षा

गुरु सियाग योगमा कुण्डलिनी जागरण शक्तिपात दीक्षाद्वारा हुन्छ । समर्थ गुरु द्वारा शक्तिपात दीक्षाको चार प्रकार हुन्छन् – छोएर, दृष्टिबाट, मन्त्र द्वारा र दृढ धारणा । गुरु सियाग योगमा शक्तिपात दीक्षा मन्त्र द्वारा हुन्छ । यो मन्त्र मात्र गुरु सियागको आवाजमा (अडियो / भिडियो क्लिप) सुनिन्छ ।

शक्तिपातको अर्थ ऊर्जाकोरूपान्तरण (ट्रान्सफर) हो । शक्तिपातमा समर्थ गुरुले दिव्य मन्त्रबाट साधकको कुण्डलिनीलाई जगाइ दिन्छ । त्यस कुण्डलिनीलाई माथि सम्म लैजाने साधना गुरु द्वारा भनिएको मार्गबाट साधकले स्वयम् गर्नु पर्दछ ।

गुरु सियाग योग नाथमतको देन हो जसलाई शक्तिपात भनिन्छ । प्राय साधकले सम्झिन्छन् कि शक्तिपातमा गुरुको ऊर्जा साधकको शरीरमा ट्रान्सफर हुन्छ वा गुरुले साधकको शरीरमा बाहिरबाट केही हालिदिन्छ तर यस बारेमा गुरु सियाग योगको भनाइ केही बेग्लै छ सबै वैदिक ज्ञान एवं शास्त्रहरूको अनुसार कुण्डलिनी शक्ति मानव मात्रमा मूलाधारमा सुषुप्त अवस्थामा छ । तब फेरि शक्तिको ट्रान्सफर एक व्यक्ति देखि अर्कोमा सम्भव नै छैन । साधारण शब्दमा शक्तिपातको अर्थ एउटा बलिरहेको (प्रकाशित) दियो द्वारा अर्को नबलेको (अप्रकाशित) दियोलाई प्रकाशित गर्नु हो । प्रत्येक मानव जन्म देखि पूर्ण छ,तपाइँ यस्तो दियो हो जसमा तेल र बत्ति दुबै छन् मात्र प्रकाशछैन । तपाइँलाई मात्र अर्को बलिरहेको (प्रकाशित) दियोको आवश्यकता छ । जसै तपाइँ त्यस प्रकाशित दियोको सम्पर्कमा आउनु हुन्छ तपाइँ पनि प्रकाशित (परिवर्तित) भइ हाल्नु हुन्छ । यही नै गुरु सियाग योगको शक्तिपात हो ।

कुण्डलिनी जागरण

ध्यान एवं नाप जपको कारणले साधकको कुण्डलिनी जागृत हुन थाल्दछ । यो शक्ति प्रत्येक मानव शरीरको मेरुदण्डको हड्डीको अन्तिम बिन्दुमा सुषुप्त अवस्थामा रहन्छ एवं सुषुम्नामा अदृश्य रूपमा उपस्थित 6 चक्रहरूसँग जोडिएको हुन्छ । जब कोही समर्थ गुरु जस्तै गुरु सियाग द्वारा शक्तिपात दीक्षा प्राप्त गर्दछ र गुरु द्वारा भनिएको साधना गर्दछ भने उसको कुण्डलिनी शक्ति जागृत हुन सुरु भइ हाल्छ । जब यो कुण्डलिनी शक्ति 6 चक्रहरूलाई भेदन गर्दै टाउकोको सबभन्दा माथिल्लो भागमा स्थित सहस्रारमा पुग्दछ तब यो मानिन्छ कि साधक पूर्णत्वमा उपलब्ध भएको छ । साधकलाई ध्यानको समयमा उसको शरीरको आवश्यकता अनुसार यौगिक क्रिया जस्तै आसन, क्रिया, बन्ध, मुद्रा, प्राणायाम आदि हुन पनि सक्छ । यी क्रियाहरूले साधकको शारीरिक, मानसिक कष्टबाट, कुलतबाट सजिलै मुक्त गर्दछ । कति साधकहरूलाई विभिन्न प्रकारको अनुभूतिहरू हुन्छन् जसले साधकलाई आध्यात्मिक विकासको मार्गमा अगाडि बढाउँछ ।

FAQ प्रश्न उत्तर(In Nepali)